मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बालेनविरुद्धको प्रदर्शन आफ्नै साथी सुमन सायमीले गर्ने, माघ १५ गते माइतीघरमा धर्ना दिने

Himali Patrika 1 मिनेट पढाइ

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) विरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले धर्ना एवं प्रदर्शन गर्ने भएको छ ।समितिका संयोजक सुमन सायमीका अनुसार काठमाडौंको माइतीघर मण्डलामा १५ माघमा मेयर बालेनविरुद्ध प्रदर्शन र धर्ना हुन लागेको हो ।

मेयर बालेनका कारण काठमाडौंबासी त्रासमा रहेको भन्दै उनीविरुद्ध धर्नाको तयारी गरिएको सायमीले बताए ।मेयर बालेन साह स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनी विरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ ।

संविधानले सुरक्षित गरेको सम्पत्ति सम्बन्धी मौलिक हकको बेवास्ता गर्दै जनताको निजी घर भत्काउने कार्य गरेको, कथित विकासको नाममा अध्ययन र योजनाविना डोजर आतंक फैलाएर आदिवासीको भूमि अतिक्रमण गरेको उनीहरुले आरोप लगाएको छ । कानुनी प्रक्रिया नै नपुर्‍याइ अनाधिकृत रुपमा निजी घरवासमा प्रवेश गरेर महानगरले ज्यादती गरेको उनीहरुको आरोप छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।