मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भर्खरै गएको भूकम्पका कारण बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

Himali Patrika 1 मिनेट पढाइ

१० माघ, धनगढी । बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ । उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।

पश्चिम बाजुराको मेला आसपासमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख मोनिका दाहालले नागरिक न्युजलाई बताइन।

दाहालका अनुसार भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। साथै सीमा क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएकाे छ।जिल्ला प्रशासन कार्यालय बाजुराका विपद् सम्पर्क व्यक्ति नैन रावलले भूकम्पको धक्काका ठूलै महशुस भएको बताए।

उनले भने, ठूलै झ्टका महशुस भएको छ। अहिले यहाँ मोवाइल नेर्टवक दिएको छैन। आउने जाने भई रहेको छ। यसले गर्दा हामिले उद्धारको लागि प्रहरी परिचालन गर्न सकेका छैनै। साथै क्षतिको कुनै विवरण आएको छैन।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।