माघसम्म सबै सवारी लाइसेन्स छपाइ सकिने, हुलाकमार्फत घरमै लाइसेन्स पठाउने व्यवस्था गरिने 

माघसम्म सबै सवारी लाइसेन्स छपाइ सकिने, हुलाकमार्फत घरमै लाइसेन्स पठाउने व्यवस्था गरिने 

काठमाडौं । सरकारले २०७७ फागुनदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको छ । यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ फेरि थालिएको हो ।

लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यकबाहेकका सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण रोकेको थियो । गत मंसिरको पहिलो हप्तामै फ्रान्सेली कम्पनीले १४ लाख कार्ड विभागलाई उपलब्ध गराएको थियो । आवश्यक परीक्षण गरेपछि कार्डमा लाइसेन्स छपाइ थालेको हो ।

अब माघ मसान्तसम्म छाप्न बाँकी सबै लाइसेन्सको छपाइ सकिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले दावी गरे । करिव ४ लाख ५० हजार लाइसेन्स छाप्न बाँकी रहेको उनको दावी छ ।

Europass CV in Nepal

विभागले तीन सिफ्टमा दैनिक ८ हजार कार्ड छाप्ने बताएको छ । विभागले एक वर्षको लागि परीक्षणकालीन भन्दै ट्रायल पास भएकाहरुलाई ‘कागजी’ लाइसेन्स दिन थालिसकेको छ । अब नवीकरण गर्नेलाई पनि एक महिनाभित्रै लाइसेन्स दिने व्यवस्था गरिने विभागको दावी छ ।

लाइसेन्स छपाइ थाल्ने कार्यक्रममा बोल्दै यातायात मन्त्री यादवले सेवाग्राहीलाई हुलाकमार्फत घरमै लाइसेन्स पठाउने व्यवस्था गर्न छलफल भइरहेको बताउँछन् । छापेपछि घरमै लाइसेन्स पठाइदिन सके हुम्ला-जुम्लाबाट दुःख गरेर आएर लाइसेन्स लिनुपर्ने बाध्यता हट्ने उनको भनाइ थियो ।

Europass CV in Nepal