मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रेमप्रसादको परिवारलाई जुट्न थाल्यो सहयोग

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारको साहयताका निम्ती आर्थिक सहयोग संकलन अभियान सुरुवात गरिएको छ ।हिजो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको आज उपचारको क्रममा निधन भएको हो ।

आचार्यले आफूले ३६ वर्ष पूरा गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै सामाजिक संजालमा निराशा व्यक्त गर्दै बाध्य भई उक्त कदम उचालेको बताएका थिए ।

आत्मदाह अगाडि ६ हजार शब्द भन्दा बढीको ‘सुसाइड नट’ पोस्ट गरेका आचार्यले सोही नोटमा आफु ऋणबाट थिचिएको र उक्त ऋण तिर्न नसकेको अवस्था उनकी श्रीमतीले पनि उनको जस्तो बाटो अपनाउन सक्ने प्रबल सम्भावना रहेको भन्दै आम मानिसमा आर्थिक सहयोगको अपीलसमेत गरेका थिए ।

आचार्यको आत्मलाप हाल सामाजिक संजालमा भाइरल भएसँगै उनको परिवारलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त हुन थालेको छ । प्राप्त जानकारीअनुसार नेकपा एमालेका युवा नेता पर्वत भण्डारी, नेकपाका नेता फणिन्द्र न्यौपाने, डा. ओममूर्ति अनिल, आशिका तामाङ, ईशा गुरुङ, सुनिता गुरुङ लगायतले प्रेमप्रसाद कि श्रीमती नानुका आचार्यलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

गृहमन्त्रीले कीर्तिपुर अस्पताल पुगेर मृतक प्रेमप्रसादका आफन्तलाई भेटे

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले स्वर्गीय प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन्। उनले कीर्तिपुरस्थित वर्न अस्पतालमा पुगेर मृतकका परिवारलाई भेटेका हुन्। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदहको प्रयास गरेका उनको उपचारका क्रममा निधन भएको थियो।

गृहमन्त्री लामिछानेले उपचारका क्रममा निधन भएका प्रेमप्रसादको शवलाई अस्पतालको शवगृहमा पुगेर श्रद्धाञ्जली दिएका छन्। त्यसपछि गृहमन्त्रीले मृतकका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।