मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

यातायात कार्यालय धनकुटाका हाकिम बाबुराम लुईँटेललाई कालोमोसो दलियो

Himali Patrika 1 मिनेट पढाइ

यातायात कार्यालय धनकुटाका हाकिम बाबुराम लुईँटेललाई कालोमोसो दलिएको छ। बाबुराम लुईँटेलले कार्यालयमा घुस लिएर मात्र काम गर्ने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी बहुमत  पार्टीका संयोजक मोहन घलेले बुधबार विज्ञप्ति जारी गर्दै लुईँटेलले आफू मातहतका दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा घुस लिएको आरोप लगाएका छन् ।

‘लुईँटेलले कार्यालयका कर्मचारी र बाहिरका केही व्यक्ति प्रयोग गरी सरकारी नीति अनुसार प्रकृया पुर्याएर उपलब्ध गराइने ड्राइभिङ लाइसेन्स दिन सेवाग्राहीबाट प्रतिगोटा १२ हजार देखि १८ हजारसम्म घुस लिने गरेको प्रमाणित भएकाले उनलाई चेतावनीसहित सांकेतिक कारबाही गरिएको जानकारी गराउँछौं ।’ विज्ञप्तिमा लेखिएको छ ।

लुईँटेलले घुस लिने गरेको विषय जिल्ला संगठन समिति अन्तरगत न्यायिक समितिमा जाहेरी आएको र छानबिन र अनुसन्धान गर्दा प्रमाणित भएको भन्दै उनीहरुले कालोमोसो दलेको बताएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।