चोर समात्नेलाई गाउँपालिकाले १० हजार पुरस्कार रुपैयाँको पुरस्कार दिने घोषणा

चोर समात्नेलाई गाउँपालिकाले १० हजार पुरस्कार रुपैयाँको पुरस्कार दिने घोषणा

११ माघ, प्युठान । प्यूठानको गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

गाउँमा कुनै शंकास्पद व्यक्ति फेला परेमा प्रहरीलाई वा वडाध्यक्षहरुलाई खबर गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले घुमन्ते व्यापारीलाई अर्को सूचना नआएसम्मका लागि गाउँ प्रवेशमा रोक पनि लगाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले निकालेको सूचनामा भनिएको छ, ‘यस गाउँपालिका क्षेत्रमा आउने घुमन्ते व्यापारीहरुलाई गौमुखी गाउँपालिकाको अर्को सूचना प्रकाशन नहुञ्जेलम्मका लागि गाउँपालिकाको सीमा भित्र प्रवेश गर्न निषेध गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

Europass CV in Nepal

पछिल्लो दुई हप्तालाई हेर्ने हो भने प्यूठानमा चोरीका शृङ्खाबद्ध घटना भएका छन् । नगद र गरगहनासहित लाखौंको लुटपाट भएको छ । व्यक्तिका घरदेखि पसल, वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयसम्म गरी दर्जनौं ठाउँमा चोरी भएको छ । यस्तो छ गाउँपालिकाले जारी गरेको सूचना 

गौमुखी गाउँपालिकाको अँत्येन्तै जरुरी सूचना ।
सूचना नं २५/२०७९/२०८०

प्रस्तुत विषयमा,मिति २०७९/०९/२५ गतेदेखी प्यूठान जिल्लाका बिभिन्न ठाउँहरुमा पेशेवर लुटेराहरुकैशैलीमा चोरी र लुटपाठकाँ घटनाहरु बढ्दै गएका छन्‌ ।यस गौमुखी गाउँपालिकाका बिभिन्न वडाहरुमा पनी केहि यस्तै प्रकृतिका घटनाहरुखँघटेको जानकारीमा आएका छन  तसर्थ आफ्नो घर,गाउँ/टोल,छिमेकमा नयाँ,परिचय नखुलेका
ब्यक्तिहरु आउँदा सचेत रहनुहुन अनुरोध गरिन्छ 1साथै यस गाउँपालिका क्षेत्रमा आउने घुमन्ते व्यापारीहरु/कपालकिन्ने,सिरक डसना बनाउने,कपडा,भाडाँकुडाँ,जडिबुटि ईत्यादि बेच्ने लगायतका कारोबारेधार्ने)लाई गौमुखी गाउँपालिकाको अर्को सूचना प्रकाशन नहुन्जेल सम्म गाउँपालिकाको /सिमाभित्र प्रबेश गर्न निषेध गरिएको व्यहोरा
जानकारी गराईन्छ।

सुरक्षा र अमनचयन कायम गर्न सहजिकरणका लागी गाउँपालिकोका बिभिन्न बजार तथा गाउँटोलमा गठन भैएका बिभिन्न सामाजिक संघ संस्था समूह हरुलाई नागरीक स्तरबाट आवश्यक सहयोग गर्नुहुन अनुरोध कार्पैद व्यक्ति/समूह फेला परेमा जिल्ला प्रहरी कार्यालय,प्यूठानको टोल फ्रिनै १०० र ईलाका प्रहरी कार्यालय,पूजाको सम्पर्क नै ९८६९५९५२५८ तथा सम्बन्धीत वडा अध्यक्षहरुलाई तत्काल सूचना गर्नुहुन अनुरोध गर्दछौँ ।साथै समुदायमा चोरी कार्य गर्ने व्यक्तिहरुलाई पहिचान गरी पक्राउ गर्ने व्यक्तिहरुलाई १० हजार रुपैंया नगद पुरस्कारले सम्मान गर्ने कार्यक्रम रहेको व्यहोरा जानकारी गराईन्छ । येस्ता खाले कार्यबाट आफु र समुदायलाई सुरक्षित गर्न सबैमा हार्दिक अनुरोध गर्दछौँ।

खुम बहादुर घर्ती
प्रमुख प्रशासकीय अधिकृत