मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

क्रसर बन्द गर्ने निर्णयबाट सरकार पछि हट्यो, बन्द भएका सबै क्रसर खुल्ने

Himali Patrika 1 मिनेट पढाइ

११ माघ, काठमाडौं । सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो ।

मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो । गृहमन्त्री रबि लामिछानेको प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ ।

विना अनुमतिपत्र चलिरहेको सबै क्रसर उद्योग बन्द रहने उनले बताए । आयोजना विशेषका लागि खुलेका तर, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योगहरु पनि अब बन्द हुनेछन् ।

क्रसर उद्योग बन्द भएपछि आयोजनाहरुमा काम प्रभावित भएको थियो । निर्माण व्यवसायीले काम छाडेपछि सरकारमाथि क्रसर खोल्न दबाब परेको थियो ।
यसअघि पनि सरकारले झ्याप्पै क्रसर बन्द गर्ने र अपरादर्शी रुपमा खोल्ने गर्दै आएको थियो ।

क्रसर प्रतिबन्धका कारण देशभर निर्माणका गतिविधि ठप्प भएपछि अन्ततः सरकार पछि हटेको हो । हाललाई केही समय दिएर प्रबिवन्ध फुकुवा गर्ने निर्णय गरिएको हो ।गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा देशभरका सबै क्रसर बन्द गरिएका थिए । आगामी असारसम्म दर्ता गर्ने समय दिएर त्यसअघि चल्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।