स्थानीयले कुटाइले रगताम्य हुँदाहुँदै पनि मैले हेलिकोप्टर उडाएर पोखरा फर्काएको थिएँ : क्याप्टेन डंगोल

स्थानीयले कुटाइले रगताम्य हुँदाहुँदै पनि मैले हेलिकोप्टर उडाएर पोखरा फर्काएको थिएँ : क्याप्टेन डंगोल

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको सुरक्षापास गरेपछि प्रभुको हेलिकोप्टर स्याङ्जाको वालिङस्थित फुटबल ग्राउन्डमा उडानका लागि तयार भयो। हेलिकोप्टर पाइलट थिए, क्याप्टेन रानेश डंगोल।

प्रभु हेलिकोप्टरमा सवार भइ पोखराबाट वालिङ जान विनोद गैरे, उज्वल थापा, सुशिल गिरी र खिमबहादुर राना तयार भए। उनीहरूले नै प्रभु हेलिकोप्टर करिब ७० हजार रुपैयाँमा भाडामा लिएका थिए। उद्देश्य थियो, वालिङमा हुने फुटबल प्रतियोगिता हेर्न सहभागी हुने।

युनाइटेड फुटबल क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको थियो। पोखराबाट वालिङ फुटबल चौरको यात्रा १४ मिनेटको थियो। यात्रुहरूले आफूहरू क्लबको सदस्य भएको र प्रतियोगिता हेर्न जान लागेको बताएको क्याप्टेन डंगोल सम्झिन्छन्।

Europass CV in Nepal

माघ ५ गते दिउँसो २ बजेर १४ मिनेटमा पोखरा विमानस्थलबाट डंगोलले हेलिकोप्टर उडाए। हेलिकोप्टर वालिङको आकाशमा पुगेपछि प्रतियोगिता चालु भइरहेको देखेर पाइलटले यहाँ अवतर गर्न नमिल्ने बताए। प्रतियोगिता भएको करिब १५ मिनेट पर खोलापारी अवतरण गर्न मिल्ने ठाउँ देखाउँदै त्यही लैजाने बताए। तर, सवार यात्रुहरूले फुटबल ग्राउन्डमा नै ओराल्नु, तपाईँलाई केही हुँदैन भनेपछि सक्दो मिलाएर ग्राउन्डको कुनामा २ बजेर २८ मिनेटमा हेलिकोप्टर अवतरण गराएका थिए।

४ जना यात्रु ओर्लिएपछि हेलिकोप्टर ल्यान्डपछि आएका स्थानीयसँग कुरा गर्न थाले। क्याप्टेन डंगोलले पोखरा फर्किर्ने तयारी गरिरहँदा २ बजेर ३१ मिनेटको आसपासमा एक्कासी पिटपाट गर्न सुरु गरेको डंगोलले अन्नपूर्णसँगको कुराकानीमा बताए। केही पनि नसोधी सिधै आक्रमण गरिएको थियो। पछि आयोजकको सल्लाहमा रगताम्य हुँदाहुँदै पनि डंगोलले हेलिकोप्टर उडाएर पोखरा फर्काएका थिए। हेलिकोप्टर पोखरामा गएर ल्यान्ड गरेपछि मात्र उनी उपचारका लागि अस्पताल गएको बताउँछन्।

त्यसपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हेलिकोप्टरको त्यो उडान भाइरल भयो। नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले पनि पाइलटलाई ग्राउन्डेड गर्नु भनेपनि प्रभु हेलिकोप्टरले केही समयका लागि डंगोललाई ग्राउन्डेड गरेको छ। सञ्चारमाध्यममा आएजस्तो निलम्बन नगरिएको उनले स्पष्ट पारे।

‘घाइते अवस्थामा वालिङबाट हेलिकोप्टर उडाएर ल्यायो भनेर ग्राउन्डेड गरेको हो। म आफैं अस्वस्थ्य छु’ भन्दै उनले तत्काल उडान भर्न नसक्ने बताए। उनै डंगोलले हेलिकोप्टरमा सवार यात्रु ४ जना र स्थानीय यमबहादुर गुरुङ, प्रदीप श्रेष्ठ, विश्वास श्रेष्ठ, टीकराज गुरुङ, प्रसन्न श्रेष्ठ, विमल मल्ल र सुरज श्रेष्ठ गरी ११ जनाविरुद्ध वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जामा जाहेरी दर्ता गराएका छन्।

डंगोललेका माघ ९ गते साँझ उनीहरूविरुद्ध जाहेरी दिएका हुन्। उनको जाहेरीलगत्तै ५ जना र बुधबार बाँकी ६ जनालाई नियन्त्रणमा लिइएको कार्यलयका प्रहरी निरीक्षक पदम थापाले बताए। उनीहरूविरुद्ध नागरिक उड्डयनसम्बन्धी ऐन २०७३ र अभद्र व्यवहार सम्बन्धमा जाहेरी परेको प्रहरी निरीक्षक थापाले बताए।

जाहेरी परेको २५ दिनभित्र सोधपुछको काम सकेर जिल्ला प्रशासन कार्यलय पठाइने पनि थापाले जानकारी दिए। क्याप्टे डंगोलका अनुसार यो काण्डमा प्रभु हेलिकोप्टर कम्पनीले पनि खासै सहयोग गरेन। उल्टै डंगोलको जानकारी बिना नै फुटबल प्रतियोगिता आयोजक उक्त क्लबसँग ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर मिलोमतो सिध्याउन लागेको रहेछ। त्यसमा एउटा बुँदा डंगोलको उपचार खर्च सबै व्यहोर्ने र प्रतियोगिताको अन्तिम दिन वालिङमा उनलाई भव्य स्वागत गर्ने भन्ने भएको उनी सुनाउँछन्।

‘कुटेर घाइते बनाएर केको स्वागत?,’ उनी प्रश्न गर्छन्। उनलाई पनि मिलापत्र गरिदिन दबाब भने नआएको होइन। वालिङका उच्च पदाधिकारीहरूले नै अप्रत्यक्षरूपमा पैसा दिने दबाब पनि गरे। तर, आफूलाई दिने पैसा असहायलाई सहयोग गर्न भन्दै उनले जाहेरी दिएको बताउँछन्।

‘मैले खाजेको न्यायमात्र हो। किनभने हामी सुरक्षित भएर उड्नुपर्छ। आज कारबाही नगरी मिलापत्र गरेर छोड्दा नराम्रो नजिर बस्छ। यस्तो घटना दोहोरिनु हुँदैन भनेर मैले जाहेरी दिएको हुँ,’ क्याप्टेन डंगोलले भने।

प्रभुमा करिब ८ वर्षदेखि हेलिकोप्टर उडाएका उनीसँग २ दशकभन्दा लामो यस क्षेत्रमा अनुभव छ। यसअघि उनले मुक्तिनाथ एयरलाइन्स र श्री एयरलाइन्ससँग पनि काम गरिसकेका छन्। वालिङमा भएको कुटपिटपछि हालः उनी उपचारर्थ छन्। उनको नाकबाट अझै बेलाबखत रगत बगिरहन्छ। देब्रे आँखाको दृष्टिमा समस्या छ। आँखा वरिपरि सुन्निएको छ। गम्भीर चोटका कारण निलो अवस्थामा छ। ‘अर्बिटियोल बोन नै फ्याक्चर भएको छ। त्यो खसेर साइनेक्समा गएको छ, अब त्यसलाई र्जिरी गरेर माथि पठाउनुपर्छ रे,’ उनले भने।

भोलि मेरो आँखाको दृष्टि हराएमा र सोही कारण मेरो पाइलटको अनुमति पत्र खारेज हुने अवस्थामा तिनै कुटपिट गर्नेउपर अंगभंगविरुद्धको कसुरमा पुनः जाहेरी दर्ता गराएका छन्।

Europass CV in Nepal