आफु भन्दा ८ बर्ष जेठो विशाल भण्डारीलाई भाइ भनेर सम्बोधन गर्छन् मेयर बालेन्द्र शाह

आफु भन्दा ८ बर्ष जेठो विशाल भण्डारीलाई भाइ भनेर सम्बोधन गर्छन् मेयर बालेन्द्र शाह

पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह विभिन्न कारणले विवादमा तानिएका छन् । सामजिक संजालेमा उनलाई गरिएको प्रश्न र उनले फर्काउने जवाफले उनि विवादित हुँदै गइरहेका हुन्।  स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएपछि बालेनलाई अहिले प्रश्नसमेत सोध्न वर्जित छ । यदि कसैले प्रश्न सोधिहालेमा उनले किन प्रश्न सोधेको भन्दै रुखो जवाफ फर्काउने गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा मेयर बालेन र कलाकार निर्माता विशाल भण्डारीको दोहोरी नै चल्यो । विशाल भण्डारीले सामाजिक सञ्जालमा मेयर बनेपछि बालेनले भत्काउनेबाहेक बनाउने के काम गरेका छौ भन्दै बुँदागत प्रश्न सोधेपछि बालेनले असभ्य शैलीमा जवाफ फर्काएका छन् ।

कतिसम्म भने उनले तल्लोस्तरमा टिप्पणी गर्दै आफ्नो पदीय मर्यादाको ख्यालसमेत गरेका छैनन् । बालेनले पैसा मात्र कमाउनेलाई जवाफ दिनु आवश्यक नभएको उल्लेख गरेका मात्र होइनन्, तिम्रो स्थानीय तहका मेयरले के गरेका छन् भने प्रतिप्रश्नसमेत गरेका छन् ।

Europass CV in Nepal

भण्डारीले आफूले श्री ८ बालेन्द्र साहलाई प्रश्न मात्र सोधेको भनेर फेरि लेखेपछि बालेनले प्रश्न सोध्न पाइन्छ भाइ भनेर लेखेका छन् । त्यसपछि भण्डारीले बोलनलाई लक्षित गर्दै लेखेका छन्, ‘सबेरै उठेर जिम गयो ब्यायाम गरो भने ८–१० बर्ष कान्छोले नि मेयर भएसी भाइ भन्ने रछ। लौ ब्यायाम गरौ अब ।’ भण्डारी बालेनभन्दा उमेरले १० वर्षले जेठा छन् । तर बालेनले आफूलाई प्रश्न सोधेकै रिसमा भाइ भनेर हेपेका छन् । बालेनले तिम्रो पालिकाका मेयरले के काम गरेर भण्डारीलाई सोधे पनि भण्डारी भने काठमाडौं महानगरपालिकाकै मतदाता हुन् ।

छलफल मन पर्दैन बालेनलाई 

महानगरका अधिकारीहरुका अनुसार नगरसभा बैठकअघि उठ्नसक्ने सम्भावित प्रश्नहरुबारे बालेनले तयारी गर्दैनन् । विभागीय अधिकारीहरुबाट ब्रिफिङ लिन समेत उनलाई खासै चासो छैन । कुनै विषयमा बि्रफिङ दिन गएका अधिकारीहरुलाई उनले ‘मलाई थाहा छ’ भन्दै फर्काइदिन्छन् ।

सुरुको नगरसभादेखि नै मेयर बालेन नबोल्ने र अन्यलाई देखाएर टारिदिने स्वभाव देखाएको एक वडाध्यक्ष बताउँछन् । सुरु-सुरुमा प्रक्रिया नबुझेर होला भन्ने लागेपनि अहिले त्यो मेयरको प्रवृत्तिकै रुपमा देखा परेको उनको गुनासो छ ।

‘कर्मचारीले त सधैं प्रशासनिक कानुनी भाषा बोल्छन्, कर्मचारी प्रशासनले सुल्झाउन नसकेका मुद्दा नै हामी जनप्रतिनिधिले नगरसभामा उठाउने हो’, ती वडाध्यक्ष भन्छन्, ‘मेयरसा’बले त त्यो विषयमाथि महानगरको नेतृत्वले के दृष्टिकोण राखेको छ भन्ने प्रष्ट्याउनुपर्ने हो, कर्मचारीकै कुरा सुन्न नगरसभा गर्ने भए प्रशासन सभा बनाए भइहाल्यो ।’ नगरसभालाई मेयरले ‘स्टाफ मिटिङ’का रुपमा चलाएको उनको आरोप छ ।

महानगरपालिकामा कार्यरत एक कर्मचारीका अनुसार बैठकमा महत्वपूर्ण विषयमा छलफल हुँदा पनि बालेनले डायरीमा टिप्दैनन् । र, सचिवालयलाई दस्तावेज बनाउन लगाउँदैनन् । ‘उहाँ सिभिल इन्जिनियरिङ जोडिएका विषयमा भने आफ्नो विज्ञताअनुसार बोल्ने प्रष्टीकरण दिने काम गर्नुहुन्छ । अरु प्रशासनिक र राजनीतिक मामिला जोडिएका विषयमा हामीलाई अघि सारिदिनुहुन्छ’, ती अधिकारीले भने ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी नगरसभामा उठेका विषयमा मेयरले नै प्रष्टीकरण दिने गरेको बताउँछन् । कतिपय विषयमा नगरसभाका सचिवका रुपमा आफू वा अन्य विभागीय प्रमुखलाई मेयरले जवाफका लागि निर्देशन दिनु स्वभाविक नै भएको उनको भनाइ छ । ‘हामीले नगरसभामा मेयरको निर्देशनअनुसार जवाफ दिनु सामान्य हो’, उनले भने, ‘सबै विषय मेयरसा’बले नै प्रष्ट्याउनुपर्छ भन्ने छैन ।’

काठमाडौं महानगरपालिकाका पूर्वकार्यकारी अधिकृत, पूर्वसचिव केदार अधिकारी सार्वजनिक विषयमा जनप्रतिनिधिहरुले जवाफ दिएकै राम्रो हुने बताउँछन् । ‘मेयरको निर्देशनमा कर्मचारी, प्रवक्ताले जवाफ दिनु पनि गलत होइन, यो मेयरको आफ्नो शैली हुनसक्छ’ उनी भन्छन्, ‘तर जनता र जनप्रतिनिधिले मेयरबाट नै जवाफको अपेक्षा गर्नु चाहिं स्वाभाविक हो ।’

Europass CV in Nepal