हिन्दी फिल्म ‘पठान’ हेर्न पुगेकी पूजा शर्माले हलभित्रै काटिन् केक

हिन्दी फिल्म ‘पठान’ हेर्न पुगेकी पूजा शर्माले हलभित्रै काटिन् केक

काठमाडौं । बुधबारदेखि विश्वभर रिलिज भएको बलिउड फिल्म ‘पठान’को क्रेज नेपालमा समेत देखिएको छ । शाहरुख खानका नेपाली फ्यानले हल नै बुक गरेर पहिलो शो हेरे । यति मात्र होइन, अभिनेत्री पूजा शर्माले त शाहरुखका क्रेजी फ्यानसँगै केक काटेर खुसी बाँडिन् ।

काठमाडौंको एक हलमा एकाबिहानै फिल्म हेर्न पुगेकी पूजाले फ्यानसँगै पठान लेखिएको केक काटिन् । पूजा शाहरुखकी डाइहार्ट फ्यान समेत हुन् । सार्वजनिक गरिएका तस्वीर र भिडियोमा पूजालाई फ्यानसँगै रमाइलो गर्दै केक काटिएको देख्न सकिन्छ । त्यसपछि उनले फिल्म हेरेर फ्यानसँग भलाकुसारी पनि गरेकी छन् ।

सिने द सेफ मल्टिप्लेक्स हलमा फ्यानले केक काट्ने जिम्मा पूजालाई दिएका थिए । फ्यानले फिल्मलाई रुचाउने त भइहाले, पूजाले फिल्म साढे २ घण्टा लामो फिल्मलाई ‘इन्जोय’ गरिन् । शाहरुखप्रति पूजाको यो क्रेज पहिलोपटक भने होइन, धेरै अवसरमा उनले ‘एसआरके’लाई सेलिब्रेट पनि गरेकी छन् ।

Europass CV in Nepal

केही साताअघि शाहरुख खानलाई लिएर भारतमा भइरहेको पठान विवादमा शाहरुखको पक्ष लिएर पूजाले इन्स्टाग्राम स्टोरीमा पोस्ट नै गरेकी थिइन् । कामको कुरा गर्दा पूजाले पनि प्रेमकथामा आधारित फिल्महरु गरिरहेकी छन् । अनमोल केसीलाई लिएर पूजा नयाँ फिल्म निर्माणमा जुटेकी छन् जसलाई सुदर्शन थापाले निर्देशन गर्नेछन् ।

नेपालका डेढसय भन्दा बढी हलमा रिलिज भएको पठान हेर्न बिहानैदेखि दर्शकको ओइरो लागेको छ । बिहानी र दिवाकालीन शो सबै हाउसफुल छन् । चार वर्षपछि शाहरुखको फिल्म रिलिज भएकाले पनि होला, दर्शक फिल्म हेर्न अधैर्य देखिन्छन् । फिल्मले बुधबारको ओपनिङमा नेपालमा करोडभन्दा बढी कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

 

Europass CV in Nepal