प्रेम आचार्य परिवारका लागि रातारात उठ्यो १५ लाख भन्दा बढी रकम

प्रेम आचार्य परिवारका लागि रातारात उठ्यो १५ लाख भन्दा बढी रकम

काठमाडौं । इलामका ३७ वर्षीय प्रेम आचार्यको निधन भएसँगै उनका परिवारका लागि सहयोग रकम संकलन तीब्र रूपले भइरहेको छ। देश तथा विदेशमा रहेका नेपालीहरूले लाखौं रुपैयाँ बराबरको रकम संकलन गरेका छन्। ऋण लागेको र मृत्युपश्चात् आफ्ना परिवार विचल्ली हुने भन्दै मृत्यु अघि आचार्यले सहयोग गर्न अपिल गरेका थिए।

आचार्यले मर्नु अघिको अन्तिम इच्छा उनको थाप्लोमा रहेको रू ६० लाखको ऋण सकिन्छ भने मनकारीहरूले चुक्ता गरिदिनुहोला भन्दै खाता नम्बर समेत उल्लेख गरेका थिए। नकी पत्नी नानुका अधिकारीले पनि उनकै पदचाप समातेर २ जना नाबालिग छोरीहरू टुहुरा हुन नपरोस् भन्ने हेतुले सहयोग गरिदिन उनको अपिल थियो ।

अमेरिकाबाट सुरेश दर्पण पोखरेलले सुरु गरेको गोफण्डमी अभियानमार्फत हाल सम्म २६३ जनाले गरेको सहयोगबाट झन्डै १० लाख नेपाली रुपैयाँ र अष्ट्रेलियाबाट दिपिका जम कट्टेलले सुरु गरेको अभियानबाट २ सय १ जना दाताबाट झन्डै नेपाली रुपैयाँ  ७ लाख संकलन भएको छ। यो रकम गोफण्डमी वेबसाइट मार्फत विदेशमा रहेका नेपालीहरूले गरेको सहयोग मात्र हो।

Europass CV in Nepal

यसैबीच चर्चित समाजसेवी ईशा गुरुङ्गले प्रेमका परिवारका लागि भनेर १ लाख रुपैयाँ सहयोग गरेको बताएकी छिन् । उनले परिवारको बैकको एकाउन्टमा १ लाख पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएका छन् । इजरायलमा बस्ने सुनिता गुरुङले पनि रु ५० हजार जम्मा गरिदिएको फेसबुकमा भीम उपाध्यायले जानकारी गरहेका छन्। मुटु रोग विशेषज्ञ डाक्टर अनिल ओममुर्तीले पनि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा यस अघि नै गरिसकेका छन्। 

त्यसैगरी राष्ट्रिय युवा संघ सचिवालय सदस्य झापाका पर्वत भण्डारीले स्व. प्रेम आचार्यको परिवारलाई ऋण तिर्न लगायत उनका २ जना बालिकाहरूको शिक्षादीक्षामा सहयोग पुगोस् भनेर रू २५ हजार  रकम पठाएको उपाध्याय आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएका छन्।

हालसम्म नेपाल र विदेशबाट गरी १५ लाख माथि रकम उठेको अनुमान गरिएको छ। यदि तपाई पनि सहयोग गर्ने इच्छ भए तलको खाता नम्बरमा  रकम जम्मा गरिदिन सक्नुहुनेछ।

प्रेमप्रसाद आचार्य पत्नी नानुकला अधिकारीको खाता विवरण 
Global IME Bank, Baneshwor Branch
खातावालाको नाम : Nanuka Adhikari
खाता नम्बर : 02907010001814
सम्पर्क नम्बर :  9849383133

Europass CV in Nepal