मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

गैरकानुनी रुपमा १ करोड ८७ लाख सम्पत्ति आर्जनको आरोपित भन्सारका नासुलाई सफाइ

Himali Patrika 1 मिनेट पढाइ

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग लागेका नायब सुब्बा देवीबहादुर थापालाई विशेष अदालतले सफाइ दिएको छ।

बुधबार न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले यस्तो फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १२ वैशाखमा दायर गरेको मुद्दामा सफाइ दिने फैसला भएको हो।

भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुनेमा नासु पदमा कार्यरत थापाले १ करोड ८७ लाख ४७ हजार रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो।

अनुसन्धानका क्रममा थापाले उक्त सम्पत्ति आफूसहित बाबु कृष्णबहादुुर र आमा चन्द्रमाया थापाका साथै श्रीमती विमसा राउतका नाममा राखेको देखिएपछि जफत प्रयोजनका लागि उनीहरुलाई पनि विपक्षी बनाइएको थियो। तर, बुधबार उनीहरू सबैले सफाइ पाएका हुन्।

नासु थापा २०५६ साउनदेखि सरकारी सेवामा प्रवेश गरेका हुन्। सो अवधिदेखि आर्थिक वर्ष ०७५-७६ सम्मको आय-व्यय हेर्दा अस्वाभाविक देखिएपछि मुद्दा दायर भएको थियो। उनको वैध आय २ करोड १ लाख ९८ हजार देखिए पनि खर्चचाहिँ ३ करोड ८९ लाखभन्दा बढी देखिएको थियो। मुद्दा दायर भएको १० महिनामै विशेषले फैसला गरेको हो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।