मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सर्वोच्चको फैसलाले लाखौं गैरआवासीय नेपालीलाई निराश

Himali Patrika 1 मिनेट पढाइ

१३ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबारे सर्वोच्च अदालतको फैसलाले निराश बनेको प्रतिक्रिया दिएको छ । नागरिकतासम्बन्धी विवादमा शुक्रबार अदालतले लामिछानेको सांसद पदसँगै सबै सरकारी हैसियत खारेजको निर्णय गरेको थियो ।

फैसलाबारे अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै संघका अध्यक्ष बद्री केसीले रवि लामीछानेको मुद्दाका विषयममा भएको अदालती फैसलाले आफूहरु निराश बनेको बताए ।

विद्यमान नागरिकता ऐनअनुसार लामिछानेले प्रक्रिया पालना नगरेको देखिएको भन्ने अदालतको आदेशले विदेशमा गएर सिकेको सीप तथा ज्ञान नेपालमा भित्र्याउन राम्रो सन्देश नदिएको उनको भनाइ छ ।

‘रविले नेपाल फर्केर अमेरिकामा सिकेको पत्रकारितालाई नेपालमा प्रयोग गर्न खोजेका थिए । भलै उनी राजनीतिमा आउन कानुनले रोक लगाएको थियो,’ अध्यक्ष केसीले भने, ‘त्यो भनेको पनि प्रक्रिया मात्रै नपुगेको भन्ने थियो । आजको दुनियाँमा प्रक्रिया नपुगेका कारण यस्तो सास्ती दिनु राम्रो सन्देश होइन । यसले नेपाल फर्केर केही गरौ भन्ने भावना भएका गैरआवासीय नेपालीमा ठेस पुर्‍याएको छ ।’

गैर आवासीय नेपालीले विदेशमा रहेपनि आफ्नो मुलुक फर्केका दिन नेपाली भन्न पाइयोस् भन्ने माग राखेर नेपाली नागरिकताको निरन्तरताको माग गरेको पनि अध्यक्ष केसीले बताए ।

‘नेपालमा आउने वित्तिकै नागरिकता निरन्ततरा हुनु पर्‍यो भनेर हामी माग उठाइरहेका थियौं,’ अध्यक्ष केसी थप्छन्, ‘यतिका वर्षदेखि रविले नेपालमा असल पत्रकारिता गरिरहेका थिए ।’

अध्यक्ष केसीले नेपालको संविधानले नै गैरआवासिय नागरिकताको व्यवस्था सुनिश्चित गरेको तर त्यसका लागि आवश्यक अन्य कानुनी प्रक्रिया सरकारकै कारण अप्ठ्यारोमा परेको बताए । गैरआवासीय नेपालीलाई दोषी देख्ने व्यवस्थाले गैर आवासीय नेपाली ऐन र नागरिकता सम्बन्धी विधेयक रोक्नु गलत भएको उनको भनाइ छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।