रविको प्रसंग निकाल्दै हर्क साम्पाङको टिप्पणी : सर्वोच्च अदालत भन्दा ठूलो जन अदालत हुन्छ

रविको प्रसंग निकाल्दै हर्क साम्पाङको टिप्पणी : सर्वोच्च अदालत भन्दा ठूलो जन अदालत हुन्छ

१३ माघ, काठमाडौं । रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबारे धरानका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् । उनले रवि नेपाली भए–नभएको बारे नेपाली जनतालाई सोध्न र जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जालमा पहिलो प्रतिक्रियामा लेखेका छन्, ‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन ।’ अर्को स्टाटसमा उनी लेख्छन्, ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत ! नेपाली जनतालाई सोधौं, रवि नेपाली हुन् कि होइनन् ? जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ ।’

उनले पछिल्लो अपडेट यस्तो दिएका छन् ‘को हो नागरीक ? के हो नागरीकता ? के हो न्याय र कहाँ छ न्यायलय ? नुन सम्म नहुने देशको हजार थरि कानुन ! कठै मेरो देश… यो देशको माटो राम्रो तर यो माटोमा पैदा भएका अधिकाँश मानिसहरु किरामाकुरा जस्ता ! छि… घीन लाग्छ कहिले कहिँ त !’

Europass CV in Nepal

रविको प्रशंसा गर्दै सिके राउतले भने : कमब्याक हिरो

जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछानेको प्रशंसा गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विवादमा उनको सांसद पद नै बदर गर्ने फैसला गरेपछि राउतले रविको प्रशंसा गर्दै लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’ उनले ‘कमब्याक हिरो’ भनेर ह्यासट्याग समेत प्रयोग गरेका छन् ।