मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आफूलाई पनि विभिन्न मुद्दामा फसाउन सक्नेमा सागर ढकालको आशङ्का

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ : युवा नेता सागर ढकालले आफूलाई पनि विभिन्न मुद्दामा फसाउन सक्ने आशङ्का व्यक्त गरेका छन् । सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झ‌न् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिएको उनको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेको विपक्षमा अदालतको फैसला ठिक भए पनि दुःख दिने मनसाय गलत देखिएको ढकालले बताएका छन् । एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार/पार्टी भएर फुट्ने उनले जिकिर छ ।

गुलेली झन् तन्किएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुलेली झन् तन्किएको छ ।पुराना पार्टीहरूले जति गरे पनि यो शक्ति सजिलै चुँड्ने देखिँदैन। हजारौँ परिवर्तनका शक्तिको जन्म भइसकेको छ। अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ। सोच्दै छु मलाई पनि मुद्दा चाहिँ के लाग्ने होला ? एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार/पार्टी भएर फुट्छ। यो शक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन।

हामी सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झ‌न् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको‌ छ। विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरूलाई झन् राम्रो पाठ भएको छ। सधैँ विदेशिएर हुँदैन, हजुरहरू पनि अब प्रक्रिया पुर्‍याएर नेपाल फर्कनुस् — देश बनाउन आउनुस्। संयोगवश आजै पूजाआजाको कार्यक्रम सकेर चितवन रविकै क्षेत्रबाट काठमाडौँ फर्किए, फेरि शुभकामना दिनुपर्ने देखियो ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।