मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

रवि लामिछानेका समर्थनले काठमाडौँ छपक्कै

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार काठमाडौंको माइतीघरमा उनका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन्। देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको प्रदर्शनमा सहभागीको आरोप छ। प्रदर्शनकारीले प्रशासनको विरोधमा नारावाजी पनि गरेका थिए।

सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संवैधानिक इजलासले पदबाट बर्खास्त गर्न आदेशअनुसार शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका हुन्।

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको भन्दै लामिछानेलाई पदबाट बर्खास्त गरिएको थियो। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका समर्थकले माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध र्‍याली निकालेका छन् ।उनीहरुले निर्वाचन आयोग नेपाल र सर्वोच्च अदालतको फैसलाको विरोध गरेका थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।