मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

यो शक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन : ढकाल

Himali Patrika 1 मिनेट पढाइ

शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेसॅग नेपालको नागरिकता नरहेको फैसला सुनाएपछि प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार सागर ढकालले ‘गुलेली झन् तन्किएको’ प्रतिक्रिया दिएका छन्।

गत निर्वाचनमा डढेलधुराबाट उम्मेदवारी दिएका उनले शुक्रबार साझ आफ्नो आधिकारिक फेसबुक पेजमा यस्तो लेखेका छन्, ‘पुराना पार्टीहरूले जति गरे पनि यो शक्ति सजिलै चुढ्ने देखिँदैन हजारौँ परिवर्तनका शक्तिको जन्म भइसकेको छ। अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ। सोच्दै छु मलाई पनि मुद्दा चाही के लाग्ने होला?’

गत मंसिरको चुनावमा तत्तकालिन प्रधानमन्त्री नेका सभापति शेरबहादुर देउवाका प्रतिद्वन्दी रहेका ढकालले एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार /पार्टी भएर फुट्ने बताएका छन्।

उनले भने, ‘यो शक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन। हामी सबै युवाहरू सानातिना प्राविधिक कारणदेखि लिएर ठुला मुद्दा मामिलामा झन् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको छ।

विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरूलाई झन् राम्रो पाठ भएको छ। सधैं बिदेसिएर हुँदैन, हजुरहरू पनि अब प्रक्रिया पुर्‍याएर नेपाल फर्कनुस् देश बनाउन आउनुस्।’ उनले संयोगवश आजै पूजा आजाको कार्यक्रम सकेर चितवन रविकै क्षेत्रबाट काठमाडौ‍‍‍‍ फर्किए, फेरि शुभकामना दिनुपर्ने देखिएको बताए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।