मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपालमा हिन्दी फिल्म ‘पठान’ले कमाइ ५ करोड बढी रकम

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले तीन दिनमा नेपाली बक्सअफिसमा तीन करोड रुपैयाँ हारहारीमा कमाइ गरेको छ । बुधबारदेखि रिलिज भएको यो फिल्मले शनिबार एकैदिनमा डेढदेखि २ करोडसम्म कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

जसअनुसार प्रदर्शनको चार दिनसम्म फिल्मको कूल कमाई साढे चारदेखि पाँच करोड ग्रस पुग्ने प्रक्षेपण छ । शनिबार मल्टिप्लेक्स र सिंगल स्क्रिनसहित देशभरका हलहरुको अकुपेन्सी शतप्रतिशत जस्तै देखिएको छ । जसअनुसार फिल्मको शनिबार मात्रैको कमाइमा उछाल आउने देखिन्छ ।

पहिलो दिन बुधबार फिल्मले एक करोडभन्दा बढीको ओपनिङ गरेको थियो । ‘पठान’ देखाउन बन्द भएका ६ वटा नेपाली सिंगल स्क्रिन समेत संचालनमा आएका थिए । शाहरुखको फिल्म चारवर्षपछि रिलिज भएकाले पनि दर्शकमाझ पर्खाइ थियो । फिल्मले भारतीय बक्सअफिसमा तीन दिनमा २०१ करोड र विश्वभर ३१३ करोड भारुको कमाइ गरेको बलिउड ब्यापार विश्लेषक तरण आदर्शले जनाएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।