मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रचण्डले बेइमानी गर्नसक्ने संकेत पाएपछि रास्वपाले भन्यो, गृह मन्त्रालय स्वत हाम्रो हो

Himali Patrika 1 मिनेट पढाइ

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय स्वत: आफ्नो भागमा पर्ने भएकाले अरू दलले दाबी गर्न नमिल्ने बताएको छ।आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान गठबन्धन दलहरू राख्ने बताए।

‘यो समस्या रास्वपालाई परेको हो अन्य सत्ता घटकमा परेको होइन। बाँडफाँटका क्रममा हामीले पाएको गृह मन्त्रालय हामीले नै पाउनु पर्ने अडान गठबन्धनमा राख्ने र यसका लागि संवादको जिम्मेवारी सभापतिलाई नै दिने निर्णय भएको छ,’ ढकालले भने।

चितवन- २ मा हुने उपनिर्वाचनका उम्मेदवार छान्न पार्टीभित्र प्रारम्भिक निर्वाचनको लागि सूचना जारी गरिने पनि उनले बताए। पार्टीभित्र कुनै पनि समस्या नरहेको भन्दै ढकालले संयम हुन कार्यकर्तालाई आग्रह गरेका छन्।

‘हाम्रो पार्टीमा एउटा समस्या आएको थियो, त्यो समस्याको समाधान भएको छैन । यो समस्या अन्य दललाई परेको समस्या होइन,’ उनले भने, ‘अहिले सरकारको विषयमा छलफल भएको छैन । तर, हामी सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा फेरि छलफल गर्नुपर्ने अवस्था छैन । गृह मन्त्रालय रास्वपाले पहिल्यै पाइसकेको अवस्था हो, फेरि दाबी गर्नुपर्ने कुरा छैन । हामीले नै कसलाई गृहमन्त्रालयको जिम्मेवारी दिने भनेर निर्णय लिने कुरा हो । त्यसमा हामी छलफल गरेर निर्णयमा पुग्छौँ ।’

रास्वपाको बैठकले संगठन विस्तारको कार्यविधिलाई पारित गर्दै संगठन विस्तार कार्यतालिका माघ २१ देखि सुचारू गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने नयाँ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।