मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

छोराको देहान्तपछि ससुराले गरे आफ्नै बुहारीसँग विवाह

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । छोराको निधनपछि एक जनाले आफ्नै बुहारीसँग विवाह गरेका छन् । भारत, उत्तर प्रदेशको गोरखपुरमा एक ७० वर्षीय वृद्धले आफ्नी २८ वर्षीया बुहारीसँग विवाह गरेका हुन् ।

दुवैको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । यतिबेला यो खबर चर्चाको विषय बनेको छ ।जानकारी अनुसार यो घटना गोरखपुरको बधलगञ्ज चौकी क्षेत्रसँग सम्बन्धित छ । कैलाश यादव छपिया उमराव गाउँका बासिन्दा, उनी बरहलगञ्ज प्रहरी चौकीमा चौकीदार छन् ।

उनले बुहारी पूजासँग बिहे गरेका छन् । कैलाश ७० वर्षका छन् भन् पूजा २८ वर्षकी भइन् । यो जोडीबीच ४२ वर्षको अन्तर छ ।सोहीकारण यो कुरालाई लिएर धेरैजना हैरान छन् । कैलाशकी श्रीमतीको १२ वर्षअघि नै मृत्यु भइसकेको थियो ।उनका चार सन्तान थिए । तर एक छोराको केही वर्षअघि मृत्यु भएको थियो । उनको मृत्युपछि उनकी बुहारी पूजा सोही घरमा बस्दै आएकी थिइन् ।

त्यसपछि कैलाशले उनीसँग विवाह गरेका हुन् । दुवैले आपसी सहमतिमा विवाह गरेको खबर सार्वजनिक भएको छ ।छोराको मृत्युपछि कैलाशले बुहारीको अर्कैसँग बिहे गर्दिएका थिए । तर, सो विवाहमा केही समस्या आएपछि पूजा पुरानै घरमा फर्किइन् ।

घर फर्किएपछि उनी पहिलो पटक ससुरालीमा आइन् । त्यसपछि पूजाको भविष्यका लागि भनेर कैलाशले बुहारीसँग विवाह गरेका हुन् । यो कुरा प्रहरीसम्म पनि पुगेको छ । प्रहरीले भाइरल तस्विरबाट यो बिहेबारे थाहा पाएको उल्लेख गरेको छ । प्रहरीका अनुसार यस सम्बन्धमा कुनै उजुरी परेको छैन । प्रहरीका अनुसार यो दुई व्यक्तिको आपसी मामिला हो । उजुरी परेमा प्रहरीले अनुसन्धान गर्न सक्ने कुरा पनि स्पष्ट पारिएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।