हिरासतको पर्खाल भत्काएर फरार एक जना थुनुवा आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ

हिरासतको पर्खाल भत्काएर फरार एक जना थुनुवा आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ

धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार बिहान इलाका प्रहरी कार्यालयको पर्खालबाट ६ जना थुनुवा पर्खाल नाघेर भागेका थिए । उनीहरूमध्ये फरार हातहतियार मुद्दाका आरोपित मिथिला नगरपालिका –६ का २८ वर्षीय रोशन महतोलाई पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले बताए ।

महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य ५ जनाको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताए ।

हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् ।

Europass CV in Nepal

लागूऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए । पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर ढोकाको बिड लिएर पर्खालबाट हिटा झिकेर बिहान ३ बजे थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दाका आरोपित रोशन महतो र शंकर सिंह पर्खाल भत्काएर फरार भएका थिए ।

 

Europass CV in Nepal