मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बिरामीलाई पिटेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स अस्मिता पाण्डे पक्राउ

Himali Patrika 1 मिनेट पढाइ

अष्ट्रेलियामा बृद्ध  बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छन्। नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बृद्ध  बिरामीको हेरचाह गर्ने क्रममा पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको हो।

एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेका थिए। त्यसपछि उनलाई पक्राउ गरिएको हो। यो कसुरमा पाण्डेलाई जेल सजाय हुन सक्ने बताइएको छ। अस्मिताले ९५ वर्षीया जोन मुर्रेमाथि कुटपिट गरेको बताइएको छ। कुटपिटपछि उनका सहकर्मीहरूले नै प्रहरीलाई खबर गरेको नाइनन्युजको समाचारमा उल्लेख छ।

अस्मिता पाण्डे नेपालबाट वर्किङ भिसामा इपिङस्थित एस्टिया हेल्थमा कार्यरत थिइन् । उनलाई लगाइएको आरोप अनुसार  एक पटक उनले एक वृद्ध बासिन्दालाई नुहाउदा प्रयोग हुने सवार पाइपले बृद्धको टाउकोमा हिर्काएको देखेकी थिइन्।

‘हेरचाहाका लागि राखिएको आफनो मान्छेलाई दुर्व्यवहार गरिएको छ भनेर फोन आउँदा तनाब हुँदो रहेछ,’ उनकी छोरीले स्थानीय मिडियासँग भनेकी छिन्।‘यदि साक्षीहरू अगाडि नआएको भए उनले सायद अझै पनि यो अपराध गरिरहेकी हुन्थिन्’, अर्की पीडित परिवारका सदस्यले अदालत बाहिर मिडियासँग भनेका छन्।

एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सिन बिल्टनले यो घटनामा पीडित परिवारसँग माफी मागेका छन्।‘हामी कहाँ रहेका वृद्ध–वृद्धाको सुरक्षा र कल्याण हाम्रो पहिलो प्राथमिकता हो,’ बिल्टनले भनेका छन्, ‘कुनै पनि प्रकारका दुर्व्यवहार सहन गर्दैनौं।’अहिले गर्भवती भएकी पाण्डेलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ। उनलाई कस्तो सजाय हुनेबारे आगामी मार्चमा त्यहाँको स्थानीय न्यायालयले फैसला सुनाउनेछ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।