मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आफ्नो कन्सर्टको भिडमा च्यापिएर घाइते भएका परिवारलाई भेट्न अस्पतालमै पुगे गायक प्रमोद खरेल

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । गायक प्रमोद खरेल आफ्नो कन्सर्ट हेर्न्दा आउँदा भिडभाडमा च्यापरीएर घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेका छन्। च्यापरीर घाइते भएकाहरुलाई भेट्न खरेल विराटनगरस्थित गोल्डेन अस्पताल पुगेका हुन्।

घाइते परिवारसंगको भेटपछि सामाजिक संजाल फेसबुकमा लेख्दै गायक खरेलले लेखेका छन् ‘सपरिवार तपाइको कार्यक्रम हेर्न आएका थियौं’ भन्दा झन भावुक बनायो,
चिकित्सक साथीहरूको मेहनत, भगवानको आशिर्बाद तथा सबैको शुभेच्छाले बाबु लाइ चॉडै ठिक होस् । उपचार प्रक्रियामा निरन्तर सम्पर्कमा रहेका छु।’

गायक खरेलको कन्सर्ट भएको कार्यक्रमस्थलमा अनियन्त्रित भीडमा च्यापिएर घाइते भएका ३० जनामध्ये १६ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र २ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै घाइतेमध्ये १२ जना भने धनकुटा अस्पतालमा उपचारपछि घर फर्किएको आयोकजले जनाउको छ । गएराती ८ बजेतिर धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा कन्सर्ट आयोजना गरिएको कन्सर्टमा यो घटना घटेको हो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।