मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

गृहमन्त्रालय नदिए साँझसम्म सरकारबाट बाहिरिने रास्वपाको तयारी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि लामिछाने बालुवाटार पुगेका थिए ।

नागरिकता मुद्दाका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका लामिछानेले आइतबारनै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुन: प्राप्ति गरेका थिए ।

रास्वपाले गृहमन्त्रालय आफूहरुको भागमा परेको भन्दै दाबी गरिरहेको छ तर प्रधानमन्त्री प्रचण्ड भने तत्काल उक्त मन्त्रालय रास्वपालाई नदिने मनस्थितिमा रहेको समाचारहरु सार्वजनिक भएको छ । तर, रास्वपाले भने सहमति अनुसारको मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आजको भेटमा प्रधानमन्त्री प्रचण्डसँग गृहमन्त्रालयको विषयमा कुराकानी भएको र साँझसम्म गृह नदिए रास्वपा सरकारबाट बाहिरिन सक्ने स्रोतको भनाइ छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।