यस कारण युकेले सिजनल कामदार भिसामा नेपालीलाई नलैजाने

यस कारण युकेले सिजनल कामदार भिसामा नेपालीलाई नलैजाने

सिजनल भिसा पाउने र बेलायत जाने आशामा रहेका हजारौं नेपालीका लागि दुःखद खबर छ । यस वर्षका लागि बेलायतले नेपालबाट सिजनल भिसामा कामदार नलिने भएको छ । हरेक वर्ष बेलायतले कृषि तथा फलफुलसम्बन्धी मौसमी कामका लागि हजारौं नेपालीलाई बेलायत लग्ने गरेको थियो ।

छोटो समयमा राम्रो कमाई हुने भएकाले यसवर्ष पनि हजारौं नेपालीले यस भिसाका लागि आवेदन दिएका थिए । तर अन्तिम समयमा आएर बेलायतले नेपालीहरुलाई सिजनल भिसामा नलैजाने घोषणा गरेको हो । आखिर बेलायतले नेपालीहरुको आशा विपरित किन यस्तो निर्णय गर्यो ? आउँदा दिनमा बेलायतले पुनः नेपालीहरुलाई सिजनल भिसामा लैजाने सम्भावना कति छ ? यस्का लागि हामिले सिजनल भिसा बारेमा विगतमा भएका केही कुराहरु थाहा पाउनुपर्ने हुन्छ ।

दोस्रो विश्वयुद्ध लगत्तै देखिएको कामदार अभाव पूर्ति गर्नका निम्ति सन् १९४५ मा बेलायत सरकारले मौसमी कृषि कामदार परियोजना अघि सारेको थियो ।यस परियोजना अन्तर्गत विदेशी नागरिकहरू यूकेमा फलफूल तथा तरकारी टिप्ने प्रयोजनका लागि त्यहाँ अस्थायी रूपमा बस्न पाउँथे । यस कामका लागि ईयू राष्ट्रकै कामदारहरू पर्याप्त मात्रामा उपलब्ध भएकाले सन् २०१३ मा उक्त परियोजना बन्द भयो। तर ईयूबाट यूके बाहिरिएपछि र आप्रवासी नियमहरूमा परिवर्तन भएपछि नयाँ मौसमी कामदार गुरुयोजना सन् २०१८ मा घोषणा गरियो ।

Europass CV in Nepal

त्यसपछि मात्र नेपाल लगायत गैर युरोपेली देशका कामदारहरु सिजनल भिसामा बेलायत जान पाएका थिए । यूके सरकारको वेबसाइटमा उल्लेख गरिए अनुसार मौसमी कामदार भिसा आवेदनका निम्ति २५९ पाउन्ड वा लगभग ४० हजार नेपाली रुपैयाँ तिर्नुपर्दथ्यो । त्यसबाहेक कामदारले यात्रा खर्च आफै बेहोर्नु पदथ्र्यो । भिसा पाइएमा करिब २ लाख लगानी गर्दा सिजनल भिसामा बेलायत पुग्न सकिन्थ्यो । त्यहाँ पुगेका नेपालीहरुका अनुसार बेलायतमा महिनामा करिब डेढ देखी दुई लाख सम्म कमाइ हुने गर्दथ्यो । जुन नेपालीहरुको लागि सुनौलो अवसरका रुपमा थियो ।

किन नेपालीले नपाउने भए बेलायतको सिजनल भिसा ?
नेपाल माइग्रेशन रिपोर्ट २०२२ का अनुसार सन २०१९ देखी २०२२ सम्म करिब ११२४ नेपालीले बेलायतको सिजनल भिसा पाएका थिए । दक्षिण एशियामा भारत पछि नेपालबाटै धेरै कामदारले बेलायतको सिजनल भिसा पाएका थिए । तर अहिले आएर बेलायतले नेपाली कामदारलाई सिजनल भिसा नदिने निर्णय गरेको हो । यस्का मुख्यतया तीनवटा कारण रहेका छन ।

कारण १ : बिचौलीयाको बिगबिगी

बेलायतले नेपालीलाई सिजनल भिसा नदिनुको पहिलो कारण त्यस्तो भिसाका लागि आवेदन दिँदा हुने गरेको बिचौलीयाको बिगबिगी । अर्थात यस अघि नै बताइए अनुसार त्यस्तो भिसाका लागि आवेदन दिँदा नेपाली करिब ४० हजार नेपाली रुपैया र त्यहाँ पुग्ने प्लेन भाडा गरी करिब बढीमा दुई लाख रुपैया खर्च गर्नु पर्दथ्यो । तर आवेदन फर्म भरिदिने , भिसा ल्याइदिने नाममा बिचौलीयाहरुले कामदारहरुसंग १० लाखसम्म पनि रकम असुलेको उजुरी बेलायतमा परेको थियो । यसरी भिसाका लागि नेपालीहरुले अत्याधिक पैसा तिर्नुपरेको उजुरी परेपछि बेलायतले भिसा नदिने निर्णय गरेको हो ।

कारण २:  भाग्ने लहर
बेलायतले यस वर्ष सिजनल भिसा नदिनुको दोस्रो कारण हो बेलायत पुगेर भाग्ने नेपालीहरुको लहर । अर्थात विगतका वर्षमा सिजनल भिसामा ६ महिनाका लागि बेलायत पुगेका नेपाली त्यहाँ नबसेर अरु देशमा भाग्ने गरेको पाइएको छ । सिजनल भिसामा पुगेर खासगरी पोर्चुगल लगायत युरोपेली देशमा नेपालीहरु भाग्ने गरेको पाइएको हो । जुन बेलायतको आप्रवासी नीतिको विपरित छ।

कारण ३ : नेपाल सरकारबाट चालिएन आवश्यक कदम
बेलायतले यस वर्ष नेपालीका लागि सिजनल भिसा नदिनुको अर्को कारण हो नेपाल सरकारबाट गरिने समन्वय र साथको अभाव । सन २०१९ बाट नेपालीहरु सिजनल भिसामा बेलायत पुग्न लागेपनि नेपालले यसबारेमा कुनै पनि किसमका कानुनी नीतिहरु पारित गरेको देखिएन । कति कामदार पठाउने ?

जानका लागि उनीहरुले कति सम्म रकम तिनुपर्ने, बिचौलीहरु नियन्त्रण गर्ने जस्ता कुरामा नेपाल सरकारका तर्फबाट कुनै कदम चालिएन । तर बेलायतका साँसद तथा मानवअधिकारकर्मीहरुले मानवअघिकार उल्लंघन, जर्बजस्ती काम लगाइएको, बिचौलीया हावी भएको जस्ता विषय कडा रुपमा उठाएका थिए । जस्का कारण सिजनल भिसामा कामदार लैजाने बेलायती कम्पनीहरुले बाध्यतावश यस्तो निर्णय गर्नुपरेको हो ।

यसरी विभिन्न कारणले नेपालीले यसवर्ष बेलायतका लागि सिजनल भिसा नपाउने भएका छन् । तर नेपाल सरकारले आवश्यक कानुनको निर्माण र बेलायत संग समन्वय गरेमा आउँदा दिनमा भने नेपालीले सिजनल भिसा पाउने सम्भावना रहन पनि सक्छ ।