मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

‘म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र’

Himali Patrika 1 मिनेट पढाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजदेखि आफू मौन नबस्ने बताएका छन्। बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन्।

अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन्। अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन। त्यही भएर चक्रव्युहभित्र उनको हत्या भएको थियो।

तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताएका हुन्। उनले लखेका छन्- अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।

गृह मन्त्रालय दिन माओवादी ‘लचक’

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल पनि कानुनले लामिछानेलाई मन्त्री बन्न बाटो नछेके पनि उनको राहदानी दुरुपयोगको आरोप बाँकी नै रहेकाले त्यसबारेको अनुसन्धान पर्खिने पक्षमा प्रधानमन्त्री रहेको बताउँछन्।

“भर्खरै अदालतले गरिसकेको निर्णय सेलाउन पाएकै छैन। फेरि प्रधानमन्त्रीले अर्को निर्णय गर्दा त्यसको कानुनी वैधता र अदालतको सम्मान कसरी हुन्छ भन्ने प्रश्न उठेको छ,” उनले भने।

“मन्त्री हुन अपवादबाहेक सांसद भन्छ। साधरणतया नेपाली नागरिकले पायो तर फेरि पनि राहदानीको विषय पनि विवादमै छ।“ गृह मन्त्रालय लामिछानेको पार्टीलाई दिन सकिनेबारे प्रधानमन्त्रीले छलफल गरिरहेको पौडेलले बताए। “पार्टीलाई दिन सकिन्छ,” पौडेलले भने। “प्रधानमन्त्रीले कानुनविद्, कानुनका व्याख्याताहरू र पूर्वन्यायाधीशहरूसँग सुझाव लिएर निर्णय लिनुहुन्छ। तर त्यही व्यक्ति हुनुपर्छ भन्ने त्यति शोभनीय हुन्छ जस्तो मलाई लाग्दैन।”

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।