मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रास्वपा संसदीय दलका उपनेता श्रेष्ठको ठहर, सांसद नै नरहेको व्यक्ति मन्त्री बनेर जान हुँदैन

Himali Patrika 1 मिनेट पढाइ

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराज श्रेष्ठले आफ्नो पार्टीले सरकार छोड्ने हो भने किन गएको भन्ने जवाफ दिनुपर्ने बताएका छन्। रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा छिर्नुअघि उनले आफूले यही कुरा राख्ने बताएका छन्।

‘३५ दिनमा छोड्ने हो भने सरकारमा गएको किन हो भन्ने प्रश्न त हामीलाई आउँछ नै। बस्ने हो भने पनि प्रश्नहरू उठेका छन्। कसले के पद पाउने भन्ने भन्दा हामीले चुनावमा जुन प्रतिवद्धता पत्र लिएर गएका थियौं त्यो हाम्रो प्राथमिकता बन्नुपर्छ। बैठकमा हामीले यही धारणा राख्ने हो,’ उनले भने। पार्टी अप्ठ्यारो स्थितिमा रहेको भन्दै उनले परिपक्वता देखाउने बेला भएको पनि बताए।

‘यस्तो निर्णय छलफलबाटै गर्नुपर्छ। मेरो विचारमा अहिले हाम्रो परिपक्वता देखाउने बेला हो। बल्ल सुरू भएको पार्टी छौं। जस्तो खालको अभ्यास गर्दै जान्छौं त्यही नजिर दर्ज हुने हो। त्यसैले राम्रो नजिर सेट गर्नुपर्छ। असहज परिस्थितिमा छौं त्यसैले सरकारमा जाने/नजाने विषयको टुंगोमा पुग्न छलफल हुन जरूरी छ। त्यसमा सबैको अपनत्व हुनुपर्छ,’ उनले भने, ‘सरकार छोडे पनि नछोडे पनि सबल दुर्बल पक्ष छन्।

यो कुरा नागरिक माझ हामीलाई सुभेच्छा राख्ने आशा राख्ने मान्छेहरूलाई त त्यसको जवाफ दिनुपर्ला। निर्णयमा सबैले अपनत्व लिन सकेन भने पार्टी बन्दाबन्दै बिग्रिन्छ। झन् अप्ठ्यारोमा पर्छ भन्ने मलाई लाग्छ।‘

गृहमन्त्री आफैंलाई बनाउन पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिइरहेका खबर बाहिरिएका छन्। यही प्रसंगमा सेतोपाटीले श्रेष्ठलाई सांसद नरहेका र राहदानीमा अनुसन्धान चलिरहेका लामिछानेलाई गृहमन्त्री बनाउनुपर्छ ठान्नुहुन्छ कि हुन्न भनेर सोधेको थियो।

उनले भने सांसद नरहेको व्यक्ति मन्त्री बनेर जान नहुने बताए। ‘यो कुरा हामीले बाहिरबाट सुनेका हौं। बैठकमा प्रश्न सोध्छौं। मेरो विचारमा भने सांसद नरहेको व्यक्ति गृहमन्त्री बन्ने कुरा भने जान हुन्न। त्यो सान्दर्भिक हुन्न,’ उनले भने, ‘पहिले गैरसांसदलाई कुन सन्दर्भमा किन सांसद बनाइन्थ्यो भन्ने त हामी सबैलाई थाहा छ। अहिले त्यस्तो परिस्थिति त हैन नि।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।