मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

जब एम्बुलेन्स चालकको शरीरबाट पेट्रोलको गन्ध आयो

Himali Patrika 1 मिनेट पढाइ

जुम्ला । जिल्ला प्रशासन कार्यालय एक सरकारी कर्मचारीले आत्मदाहको प्रयास गरेका छन्। कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका हुन्।

४० वर्षीय कार्कीले १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएको प्रहरीले जनाएको छ। भ्रष्टाचार बढेको भन्दै उनले आत्मदाह प्रायस गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ। ‘यो देशमा जताततै भ्रष्टाचार छ’ भन्दै उनले गुनासो गुर्दै आएका थिए।

यता कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका रजिस्ट्रार निर्पेद्र महतले उनले मापसे गरेर बेलाबेला यस्ता क्रियाकलाप गर्दै आएको बताए। यसअघि पनि उनले प्रशासन कार्यालय अगाडि एम्बुलेन्स लगेर राखेका थिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार मापसेको लागि मेडिकल चेकमा पठाउन लागेका बेला शरीरभरि पेट्रोल गन्ध आएकाले मेडिकल चेकपछि उक्त कुरा खुलेको बताए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।