रास्वपाको बैठक जारी, बैठकमा मत विभाजित

रास्वपाको बैठक जारी, बैठकमा मत विभाजित

य स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न बसिरहेको बैठकमा मतविभाजित देखिएको छ । बैठकमा सहभागी नेताहरूले दिएको जानकारीअनुसार गठबन्धनको संस्कृतिअनुसार प्रधानमन्त्री नचलेकाले तत्काल सरकारबाट बाहिरिनुपर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।

केही केन्द्रीय सदस्य र सांसदहरूले भने सरकारमा सहभागी हुने निर्णय हतारमा गरिएजस्तै बाहिरिने निर्णय पनि हतारमा गर्न नहुने धारणा राखेका छन् । उनीहरूले पार्टी सभापति लामिछानेलाई नै गृह मन्त्रालयमा पठाउने अडान राखेर जानुभन्दा पूर्वसहमतिअनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री पार्टीले पाउनु पर्ने र पार्टीले अहिले रहेका सांसदहरूमध्येबाटै कसैलाई पठाउने निर्णय गर्नुपर्ने धारणा पनि राखेका छन् ।

पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री तथा गठबन्धनका नेताहरूसँग पछिल्लो समय भएका छलफलका विषयमा ब्रिफिङ गरेपछि नेताहरूले धारणा राखिरहेका हुन् ।बैठक करिब तीन घण्टादेखि चलिरहेको छ । पार्टी सभापति रवि लामिछानेको नागरिकतासम्बन्धनमा सर्वोच्च अदालतको आदेशपछि विकसित घटनाक्रमबारे छलफल गर्न बसेको अहिले बैठक बसिरहेको हो ।

Europass CV in Nepal

सर्वोच्चको आदेशसँगै पार्टी सभापति, सांसद, उपप्रधानमन्त्री र गृहमन्त्री गुमाएका लामिछानेले नागरिकता पुनः लिएपछि उपप्रधामन्त्री तथा गृहमन्त्रीमा जाने इच्छा व्यक्त गरिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको पूर्णपाठ आउन बाँकी रहेको तथा दोहोरो राहदानीको विषय सार्वजनिक भएकाले लामिछानेलाई तत्काल सरकारमा लैजान नसक्ने अडान राख्दै आएका छन् ।