मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

कार्यालय समयभन्दा पहिला आउने कर्मचारीलाई अँगालोसहित फुलले स्वागत

Himali Patrika 1 मिनेट पढाइ

दाङ । दाङको राप्ती गाउँपालिका कार्यालय समय भन्दा अगाडि आउने कर्मचारीहरूलाई स्वागत गर्न थालेको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टले कार्यालय समय १० बजे अगावै कार्यलयमा आएर जनताहरूको काम छिटो, छरितो सम्पन्न गरि सुशासन कायम गर्ने राष्ट्र सेवक कर्मचारीहरूलाई प्रोत्साहन स्वरुप पुष्प गुच्छा ,तथा फलफूल दिएर स्वागत गर्ने गरेका छन् ।उनले कार्यालयमा १० बजे भन्दा अगाडि आउने कर्मचारीहरूलाई स्वागत गर्ने गरेको बताए ।

सुशासन कायम गर्नको लागि आफूहरूले यो अभियान शुरु गरेको पनि बताए ।उनले भने,‘ जनताको काम समय मै आएर समय मै काम गर्ने कर्मचारीहरूलाई स्वागत गरिएको हो । कार्यालयमा करिब ५५ जना कर्मचारीहरू रहेका छन् । आज ९ जना कार्यालय मै भन्दा अगाडि आएकोलाई स्वागत गर्दा उहाँहरु निकै खुशी हुनुभएको छ । यो अभियानले कार्यालय समय भन्दा ढिला आउने कर्मचारीहरूलाई कार्यालयमा समय मै पुग्नु पर्छ, भन्ने दवाव पर्छ ।’

आफूहरू जनताको सेवाको लागि आएको भन्दै कार्यालयमा सेवा लिन आउने जनताहरू कर्मचारी ढिलो आउँदा सेवा पनि ढिलो पाउने भएकाले समय मै आउने कर्मचारीलाई स्वागत गर्दा उनीहरु मनोबल बढ्ने र समय आउँदा काम छिटो छरितो हुने पनि बताए ।यस्तै, उनले एक दिन मात्र नभइ कर्मचारीहरू सधैँभरि यसरी नै समयमा आउन भन्ने उद्देश्यले यो अभियान शुरु गरेको र यसबाट आफूले कर्मचारीको उच्च मूल्यांकन हुने पनि बताए ।

उनले सुशासन कायम गर्नको लागि कर्मचारीहरूको ठुलो भूमिका हुने पनि बताए । उनले भने,‘ यो अभियान गर्दा लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरू निकै खुशी हुनुभएको छ । जसले आजसम्म यसरी कार्यालयमा छिटो आउँदा कार्यालय प्रमुखबाट स्वागत सम्मान नपाएको र आज यसरी पाउँदा आफूहरूलाई उर्जा मिलेको बताउनुभयो ।

सुशासन कायम गर्न एक जनाले मात्र हुँदैन । सबैले साथ दिए हुन्छ । त्यसैले हामीले यो अभियान चालेको हौँ ।’ उनले आफ्नो अपेक्षा पनि कर्मचारीहरू समय मै आएर जनताको काम काज छिटो छरितो रुपमा गरुन् भन्ने रहेको पनि बताए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।