मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आफ्नो खातामा जम्मा भएको रकमको विवरण सार्वजनिक भएको भन्दै प्रेमप्रसादकी पत्नीको आपत्ति

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । काठमाडौंमा आत्मदाह गरेका इलाम प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् ।

बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनको भनाइ छ । बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनले बताइन् । गृहजिल्ला इलाममा श्रीमानको दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको जनाइन् ।

‘मेरो श्रीमानले मलाई पैसा आवोस् भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन । अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेज र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ’, उनले भनिन् ।

आफ्नो खातामा पैसा हाल्न कसैलाई पनि व्यक्तिगत रुपमा आग्रह नगरेको उनी बताउँछिन्। ‘सहयोगी मनबाट सहयोगस्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ’, अधिकारीले भनिन् ।

उनले आफनो गोपनियता भङ्ग गर्ने बैंक र कर्मचारीलाई काठमाडौंमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन् । सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आईएमई बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिनसटहरु पोस्ट भइरहेका छन् ।

श्रीमान प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने बित्तिकै पुग्ने उनले बताइन् । ‘उहाँलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु। उहाँलाई सहिद घोषणा गर्न माग पनि गरेकी छु’, अधिकारीले भनिन् । रासस

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।