मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 23 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

गृहमन्त्री बन्ने अडानबाट पछि हटे रवि, तर आफ्नै पार्टीले पाउनुपर्ने अडान कायमै

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर बिहीबार बिहान लामिछानेले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्रीसँग आफूलाई गृहमन्त्री नबनाए आफ्नो पार्टीकै व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने बताए । जवाफमा प्रचण्डले गृहमन्त्रीमा आफ्नो पार्टीले समेत दावी रहेकाले सहमति खोजिनुपर्ने जवाफ दिएको बालुवाटार स्रोतले जनाएको  छ।

रास्वपाका अध्यक्ष लामिछानेले सरकार गठनका क्रममा आफ्नो पार्टीले गृह मन्त्रालय पाएको र विगतको सहमति बमोजिम नै बदलिदो अवस्थामा पनि सो मन्त्रालयमा आफ्नो दलको दावी कायमै रहेको बताए ।

तर,लामिछाने आफैले गृहमन्त्री पाउनुपर्ने अडानबाट भने पछि हटेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई पुनः गृहमन्त्री बनाउन भनेपनि प्रधानमन्त्री दाहालले दोहोरो नागरिकताको विषय विवादित रहेको र अदालतको पूर्णपाठ समेत आउन बाँकी रहेकाले तत्काल त्यो संभव नभएको अडान राखेका थिए । माओवादी केन्द्रका पदाधिकारीहरूले समेत पुन: लामिछानेलाई गृहमन्त्री नबनाउन प्रधानमन्त्री दाहाललाई दबाब दिएका थिए ।

स्रोतका अनुसार,आफू नभएपछि आफूले भनेका व्यक्तिलाई लामिछानेले गृहमन्त्री बनाउन कसरत सुरु गरेका छन् । तर, प्रधानमन्त्री दाहालले गृहमन्त्रालय छाड्न लामिछानेलाई भनेको तर लामिछाने नमानेको बालुवाटार स्रोतले बताएका छ ।

प्रधानमन्त्री दाहालले गृहमन्त्रालय आफूले पाए रास्वपालाई कुनै अर्को मन्त्रालय दिने समेत भनेका थिए । गृहमन्त्रालय माओवादी केन्द्रले पाए माओवादीले चलाई रहेको अर्को रोज्जा मन्त्रालय रास्वपालाई दिन आफू तयार रहेको प्रधानमन्त्री दाहालले भनेका थिए ।

तर, लामिछानेले सोबारे आफू पार्टीमा छलफल गर्ने भनेर बिहीबार बिहान बालुवाटारबाट बाहिरिएका थिए । स्रोतका अनुसार,लामिछानेले बिहीबार बिहानमात्र प्रचण्डलाई दुई पटक भेटेका छन् ।

नागरिकता लिएपछि लामिछानेले गृहकै विषयमा पटकपटक प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। भेटमा गृहमन्त्रालय आफूले पाउनुपर्ने अडान दोहोर्‍याएका थिए। गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी समेत उनले दिएका थिए। बिहीबार विराटनगर पुगेका ओलीले रास्वपालाई नै गृहमन्त्रालय दिनुपर्ने धारणा राखेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।