मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अभिनेता शाहरुख खान छोरी सुहाना र छोरा आर्यनलाई बलिउडमा इन्ट्री गराउँदै

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ। अभिनेता शाहरुख खानले पुनः एकपटक आफू बक्सअफिसको बादशाह हो भन्ने कुरा फिल्म पठान’को सफलताले प्रमाणित गरिसकेका छन् । यिनै शाहरुखकी छोरी सुहाना र छोरा आर्यन पनि बाबुकै पाइला पछ्याउँदै बलिउडमा इन्ट्री गर्न पूर्ण रुपमा तयारी अवस्थामा छन् ।

सुहाना अभिनयबाट डेब्यूको तयारीमा छिन् भने आर्यन भने क्यामराको पछाडि रहेर काम गर्ने तयारी गरिरहेका छन् । उनले फिल्म निर्माणमै करियर बनाउने निर्णय लिइसकेका छन् ।

आर्यन यतिबेला एक वेब सिरिजमाथि काम गरिरहेका छन् । यो वेब सिरिज युवा, उनीहरुको आकांक्षा, राम्रा र खराब सपनाको बारेमा छ । ‘आर्यन जुन वेब सिरिजमा काम गरिरहेका छन्, त्यो कुनै सानोतिनो सिरिज होइन ।

त्यसकारण उनले जबसम्म सिरिज लेखनको काम पुरा गर्दैनन्, तबसम्म कुनै पनि स्ट्रीमिङ प्लेटफर्ममा नबेच्ने निर्णय लिएका छन्’, आर्यनको परिवारका एक सदस्यले भनेका छन् ।

आर्यन आफ्नो काममा कुनै समय सीमा नहोस् भन्ने चाहन्छन् । उनी सिरिज स्ट्रीमिङ प्लेटफर्मको निर्देशन भन्दा पनि आफ्नो किसिमे बनाउन चाहेका छन् । उनको सिरिज किन्न ठूला सबै स्ट्रीमिङ प्लेटफर्म घुइँचो लागेको छ । तर, आर्यनलाई थाहा छ कि किन ती प्लेटफर्महरु उनको अपुरो सिरिज किन्न चाहन्छन् किनकी उनी एक सुपरस्टारका छोरा हुन् । आर्यन भने पिताको कारण आफूमाथि विशेष कृपा होस् भन्ने चाहदैनन् । आर्यनको डेब्यू सिरिज शाहरुख खानको कम्पनीको व्यानरमा निर्माण हुँदै छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।