मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

सुर्खेतमा पुन: राखियो वीरेन्द्रको सालिक

Himali Patrika 1 मिनेट पढाइ

सुर्खेत । सुर्खेतको वीरेन्द्रचोकमा तत्कालीन राजा वीरेन्द्रविरविक्रम शाहको सालिक पुन: राखिएको छ । वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसरमा बुधबार वीरेन्द्रचोकमा अर्ध कदको सालिक राखिएको हो । वीरेन्द्रचोकमा २०४४ सालमा स्थापना गरिएको सालिक २०६२/६३ को आन्दोलनका बेला गणतन्त्रको माग गर्दै तोडफोड गरिएको थियो ।

गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा युवाहरुले वीरेन्द्रको जन्मयन्तीमा सालिक राखेका हुन् । ‘राजा हाम्रो इतिहास हो’, उनले भने, ‘ऊ बेलामा राजाले वीरेन्द्रनगरमा योगदान पुर्‍याएकाले सालिक राखिएको थियो ।’

तत्कालीन राजा वीरेन्द्र २०३३ सालमा पहिलो पटक सुर्खेत आएका बेला उनले उपत्यकालाई गुरुयोजना बनाउन पठाएका थिए । ऊ बेला कटकुवा पञ्चायतका रुपमा रहेकाले उपत्यकाको नाम वीरेन्द्र चोक नामकरण गरिएको थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।