मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

‘पठान’ हिट भएपनि दीपिकाको आँखामा आँशु, हालसम्म ७०० करोड बढी कमाइ

Himali Patrika 1 मिनेट पढाइ

शाहरुख खान र दिपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले भारतीय बक्स अफिसमा धमाका मच्चाउँदै छ। फिल्मले दोस्रो बिहीबार १५ करोडदेखि १६ करोड भारु कमाउन सकेको छ। रिलिजको समयदेखि नै फिल्मले राम्रो कमाई गरिरहेको छ।

फिल्मको राम्रो सफलतापछि अभिनेत्री दीपिका भने रोएकी छिन्। फिल्मको सफलताको उत्सव मनाउन मुम्बईको एक होटलमा आयोजित कार्यक्रममा फ्यानको माया देखेर उनी रोएकी हुन्। कार्यक्रममा उनले सम्पूर्ण फ्यानलाई धन्यवाद दिँदै फिल्म सफलताले अभिनेत्रीलाई फाइदा हुने बताइन्।

दीपिकाको ५ वर्षपछि फिल्म हिट भएको हो। यस अगाडि उनको ‘पद्यावत’ हिट भएको थियो। यता फिल्ममा अभिनेता शाहरुख खानको पनि चर्चा उतिकै छ। फिल्म गत २५ जनवरीमा रिलिज भएको हो।

हिन्दी फिल्मको इतिहासमा ओपनिङ विकेन्डमा सर्वाधिक कमाउने फिल्म समेत बनेको छ पठान सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ले अझै ‘केजीएफ: च्याप्टर २’ र ‘बाहुबली २’को कीर्तिमानलाई अझै तोड्न सकेको छैन।

बलिउड सुपरस्टार शाहरुख खानले अभिनय गरेको चलचित्र पठानुले अहिले विश्व बजारमा चर्चा कमाई रहेको छ। यो चलचित्रले विश्वभर ६ सय करोडभन्दा बढी कलेक्सन गरेको समाचार एजेन्सीहरुले जनाएका छन। सन् २०१९ देखि पाकिस्तानमा भारतीय चलचित्रलाई प्रतिबन्ध लगाएपनि यो पठान चलचित्र कराचीमा अवैध रूपमा प्रदर्शन भइरहेको समाचार आएको छ।

यो चलचित्रको विश्वव्यापी कुल कलेक्सन ६६७ करोड भारु रहेको छ। यसले पछिल्लो ८ दिनमा भारतीय बक्स अफिसमा ३३६ करोड रुपैयाँ कमाएको छ। नेपाली चलचित्र उद्योगमा पनि बलिउड सुपरस्टार शाहरुख खान अभिनित पठानले राम्रै ब्यापार गरेको छ।नेपाली चलचित्र उद्योगमा पनि बलिउड सुपरस्टार शाहरुख खान अभिनित पठानले राम्रै ब्यापार गरेको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।