भोलि काठमाडौं लगायत यी स्थानमा हिमपातको सम्भावना

भोलि काठमाडौं लगायत यी स्थानमा हिमपातको सम्भावना

१४ पुस, काठमाडौं। देशभर बुधबार बिहानदेखि भइरहेको अविरल वर्षाको कारण जनजीवन प्रभावित भएको छ । भोलि (बिहीबार) देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसैगरी, भोलि राति पनि देशभर आंशिक देखी सामान्य बदली हुने छ । मौसम पुर्वानुमान विभाग महाशाखाको अनुसार भोलि (बिहीबार) प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

Europass CV in Nepal

विभागले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Europass CV in Nepal