भिम रावलको अनावस्यक टिप्पणी भन्दै शिक्षा मन्त्रीले दिए यस्तो जवाफ

भिम रावलको अनावस्यक टिप्पणी भन्दै शिक्षा मन्त्रीले दिए यस्तो जवाफ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेकपा एमालेका नेता भीम रावललाई जवाफ फर्काएका छन्। शनिबार एक कार्यक्रममा बोल्दै भीम रावलले नीजि विद्यालयमा लगानी भएका व्यक्ति नै शिक्षामन्त्री भएको बताएका थिए। स्वार्थ बाँझिनेगरी मन्त्रीहरू बनाइएको भन्दै उनले टिप्पणी गरेका थिए।

उक्त टिप्पणीमाथि जवाफ फर्काउँदै आफ्नो नीजि विद्यालय देखाउन मन्त्री खनालले चुनौती दिएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो लगानी भएको नीजि विद्यालय कुन रहेछ, म खोज्दै थिएँ , डा भीम रावललाई थाहा रहेछ। लौन भनिदिनुपर्‍यो। नाम, ठेगाना भए सजिलो हुन्थ्यो।’

रावलले शिक्षामन्त्रीसँगै वैदेशिक रोजगार मन्त्रालय, गृह मन्त्रालयमा समेत स्वार्थ बाँझिएको बताएका थिए। ‘आज मन्त्रीहरू हेरौं त। जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री। जसको निजी स्कुल एकदम महंगो छ, ऊ शिक्षामन्त्री। जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ,’ उनले भने।

Europass CV in Nepal

भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।शनिबार काठमाडौंमा रतन भण्डारीको पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोजिएको भन्दै आपत्ति जनाए । वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री र निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो वीरंगनाहरूको योगदानको अवमूल्यन गरेको रावलको ठहर छ ।

‘आज मन्त्रीहरू हेरौँ त । जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री । जसको एकदम महँगो निजी स्कुल छ, ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यही नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो ?’ उनले प्रश्न गरे । नेता रावलले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद् सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणीसमेत गरे ।