मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा हुन सकेन कुनै निर्णय, आज फेरि बैठक बस्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालय नपाएको अवस्थामा सरकारमा रहिरहने कि बाहिरिने भन्ने विषयमा टुंगोमा पुग्न सकेन । शनिबार राति आकस्मिक रूपमा पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षबिहीन बनेको हो ।

बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आइतबार पुनः बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए । ‘बैंठकमा समसामयिक राजनीतिबारे कुरा गर्‍यौं । जुन किसिमको अहिलेको अवस्था छ राष्ट्रपतिको निर्वाचनदेखि उपनिर्वाचनसम्म छलफल भयो,’ उनले भने, ‘भोलि बैठक बस्ने भएको छ । साढे ११ बजे पुनः बैठक बस्ने र निर्णय गर्ने कुरा भएको छ ।’

बैठकमा पार्टी सभापति रवि लामिछानेले सत्तारुढ गठबन्धनमा भइरहेका कुराकानीबारे जानकारी दिएका थिए ।रास्वपाले अहिलेको राजनीतिको आवरणमा गृह मन्त्रालयको विवाद जस्तो देखिए पनि अन्तर्यमा भने अर्कै खेल भइरहेको हो कि भन्ने आशंका गरेको छ । परियारले भने, ‘यो गठबन्धनमा गृह मन्त्रालय र रास्वपामात्रै विवादको विषय होइन । अरु विषय पनि छन्, हामीलाई विषय बनाइएको हो कि भन्ने लागेको छ ।’

रास्वपाले चितवन क्षेत्र नम्बर २ मा चाँडो उपनिर्वाचन गर्नुपर्ने पनि माग गरेको छ । बैठकमा चितवन-२ मा छिटो निर्वाचन गराउन पहल लिनुपर्ने कुरा पनि भएको थियो । सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको आग्रहमा बिहीबार दुई दिन समय दिएको तर बैठकसम्म नबोलाएकोप्रति भने रास्वपाले असन्तुष्टि जनाएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।