श्रीलंकाबाट सिधै भैरहवा हवाई सम्पर्क विस्तार श्रीलंका समक्ष नेपालको आग्रह

श्रीलंकाबाट सिधै भैरहवा हवाई सम्पर्क विस्तार श्रीलंका समक्ष नेपालको आग्रह

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल बिक्रमासिंघेसँग भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तारका लागि आग्रह गरेकी छिन् ।श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले आज राष्ट्रपतिसँग भेट गर्दै यस्तो आग्रह गरेकी हुन् ।

भेटमा दुई देशका अन्य आपसी हित र चासोका विषयमा पनि कुराकानी भएको छ । यस्तै, दुई देशबीच संस्कृति आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन पनि पौड्यालले आग्रह गरेकी छिन् ।

मन्त्री पौड्यालले यसअघि श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरूसँग अलग–अलग भेटवार्ता गरेकी छिन् ।मन्त्री पौड्यालसँग सोही समारोहमा सहभागी हुन आएका भारतका विदेश राज्यमन्त्रीले भेट गरेका छन्।

Europass CV in Nepal

सबै भेटमा मन्त्री पौड्यालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरूबीच आपसी छलफल, सहकार्य सम्पर्क संजाल विस्तार गर्नुपर्नेमा जोड दिएकी छिन् । परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गरेकी छिन् । परराष्ट्रमन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी भोलि स्वदेश फर्कंदै छिन् ।