कमेडियन कपिल शर्माले गरे सहकर्मी सुमोना चक्रवर्तीको प्रशंसा

कमेडियन कपिल शर्माले गरे सहकर्मी सुमोना चक्रवर्तीको प्रशंसा

भारतीय कमेडियन कपिल शर्मा बेलाबेला चर्चामा आइरहन्छन्। कहिले विवाद त कहिले आफ्नो राम्रै कामका कारण चर्चामा आउने उनी अहिले आफ्नी सहकर्मी सुमोना चक्रवर्तीका कारण चर्चामा आएका हुन्।

‘द कपिल शर्मा शो’ मा लामो समयदेखि उनकी सहकर्मी रहेकी सुमोनालाई उडाउन उनी कुनै कसर बाँकी राख्दैनन्। सुमोनाको कमेडीलाई लिएर उनले मजाक बनाइरहेका हुन्छन्। सुमोनालाई कमेडी गर्न आउँदैन भनेर उनले सुरूदेखि नै उडाउँदै आएका हुन्।

तर कार्यक्रमको नयाँ भागमा कपिलले सुमोनाको प्रशंसा गरेका छन्। सोनी इन्टरटेन्मेन्टबाट प्रसारण हुने कार्यक्रमको नयाँ भागको प्रोमोमा सुमोनाले कपिलको मजाक उडाउँछिन्।

Europass CV in Nepal

सुमोनाको डायलग राम्रो भएको भन्दै कपिलले तारिफ गर्छन्। सुमोनाले दस वर्षदेखि चलिरहेको कार्यक्रममा पहिलोपटक आफ्नो डायलग सुधारेको भन्दै उनले प्रशंसा गरेका हुन्।

कपिलले सुमोनाको तारिफ गरेपछि केही प्रशंसकहरू अचम्म परेका छन् भने अरूले सरहना गरेका छन्। यो कार्यक्रममा फिल्म ‘शेहजादा’ का कलाकारहरू उपस्थित छन्। कार्तिक आर्यन, कृति सेनन, रोनित रोय र राजपाल यादव पाहुना बनेर आएका छन्।

अहिले ‘द कपिल शर्मा शो’ को तेस्रो सिजन प्रसारण भइरहेको छ। सुमोना सुरूदेखि नै कार्यक्रममा छिन् भने अरू धेरै कलाकारले छाडिसकेका छन्। पहिले मुख्य कलाकारहरू सुनील ग्रोवर र अजगर अली कार्यक्रमबाट बाहिरिएका थिए।

त्यस्तै कृष्णा अभिषेकले सोनीसँग पारिश्रमिक नमिलेका कारण बाहिरिएको बताएका थिए। केही समयअघि भारती सिंह र चन्दन प्रभाकरले कार्यक्रम छाडे भने भर्खरै सिद्धार्थ सागरले पनि छाडेका छन्। सिद्धार्थले निर्मातासँग पारिश्रमिक बढाउन माग गरेका थिए। पारिश्रमिक नबढाएपछि उनले छाडेका बताएका छन्।

द कपिल शर्मा शोको तेस्रो सिजनमा थुप्रै नयाँ कलाकार सामेल भएका थिए। यीमध्ये सिद्धार्थ सागर पनि एक थिए। उनी सेल्फी मौसी, उस्ताद घरचोरदार र फनवीर सिंह (रणवीर सिंह) जस्ता थुप्रै भूमिकामा देखिँदै आएका थिए। द कपिल शर्मा शोबाट अफर आएपछि उनी दिल्लीबाट मुम्बई सरेका थिए। उनी पुनः दिल्ली फर्किएका छन्।

 

Europass CV in Nepal