मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सांसदमा रविको पक्षमा उत्रिए केपी ओली

Himali Patrika 1 मिनेट पढाइ

२२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसदमा प्रश्न उठाएका छन् । यो फैससलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उनले बताए ।

प्रतिनिधि सभाको आइतबार बैठकमा विशेष समय लिएर बोलेका ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताए । तर यो फैसलाले आफ्नो मनमा केही प्रश्न आएको उनले बताए ।

उजुरीकर्तालाई के मर्का पर्‍यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको ओलीले बताए । असम्बन्धित व्यक्तिले निवेदन दिएको उनको दाबी छ । संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने ओलीले बताए ।

सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर फैसला गरेको भन्दै भन्दै उनले अघि भने, ‘त्यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उपप्रधानमन्त्री गयो । धेरै चिजमा धक्का भयो ।’

उनले अगाडि भने, ‘न्याय भयो कि भएन ? रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।