मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

गृहमन्त्री मात्र होइन, सरकारको नेतृत्व गर्नेगरी, अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउछौं : लामिछाने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पाँच वर्षपछि सरकार बनाउनेगरी अभियान चलाउने बताएका छन्। आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने र प्रधानमन्त्री हुने उनको दाबी थियो।

‘गृहमन्त्री मात्र होइन, सरकारको नेतृत्व गर्नेगरी, अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउछौं। म जेल परे पनि रास्वपा अघि बढ्छ। म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ,’ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

उनले निर्वाचित नभएसम्म कुनै पदमा नजाने उद्घोष गरे। ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ,’ उनले भने।

सरकारलाई दिएको समर्थन कायम राख्दै मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेका सभापतिले लामिछानेले सञ्चारमाध्यममाथि आक्रोश पोखेका थिए। सञ्चारमाध्यमहरू नियतले नै आफूमाथि लागिपरेको उनको भनाइ छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।