भाजपाले एक करोड भोट पाए रक्सीको मूल्य ७० रुपैयाँ भारु बनाउने वाचा

भाजपाले एक करोड भोट पाए रक्सीको मूल्य ७० रुपैयाँ भारु बनाउने वाचा

भारतीय जनता पार्टीको आन्ध्र प्रदेश अध्यक्ष सोमू वीरराजूले सन् २०२४ को विधानसभा चुनावमा पार्टीले १ करोड भोट पाए रक्सीको मूल्य ७० रुपैयाँ भारु बनाउने वाचा गरेका छन् । विजयवडामा मंगलबार आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै उनले राज्यमा उच्च मूल्यमा ‘खराब रक्सी बेचिरहेको र चर्चित ब्रान्ड नभएको’ जिकिर गरेका थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार बीजेपी अध्यक्षले भनेका थिए, ‘भारतीय जनता पार्टीलाई एक करोड भोट दिनुहोस्, हामी मात्र ७० रुपैयाँमा रक्सी उपलब्ध गराउने छौँ । यदि हामीले थप राजश्व प्राप्त गर्‍यौँ भने रक्सीको मूल्य ५० बनाउने छौँ ।’

उनले सरकारमाथि विषाक्त रक्सी बनाएको आरोप पनि लगाए । उनले भने, ‘राज्य सरकार तपाईंहरुको रगत चुसिरहेको छ । हरेक महिना एक व्यक्तिले १२ हजार रुपैयाँसम्म रक्सीमा खर्च गर्छ । सरकारले यो पैसा लिएर कल्याणकारी योजनाको आडमा फिर्ता दिइरहेको छ ।’

Europass CV in Nepal

Europass CV in Nepal