मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भाजपाले एक करोड भोट पाए रक्सीको मूल्य ७० रुपैयाँ भारु बनाउने वाचा

Himali Patrika 1 मिनेट पढाइ

भारतीय जनता पार्टीको आन्ध्र प्रदेश अध्यक्ष सोमू वीरराजूले सन् २०२४ को विधानसभा चुनावमा पार्टीले १ करोड भोट पाए रक्सीको मूल्य ७० रुपैयाँ भारु बनाउने वाचा गरेका छन् । विजयवडामा मंगलबार आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै उनले राज्यमा उच्च मूल्यमा ‘खराब रक्सी बेचिरहेको र चर्चित ब्रान्ड नभएको’ जिकिर गरेका थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार बीजेपी अध्यक्षले भनेका थिए, ‘भारतीय जनता पार्टीलाई एक करोड भोट दिनुहोस्, हामी मात्र ७० रुपैयाँमा रक्सी उपलब्ध गराउने छौँ । यदि हामीले थप राजश्व प्राप्त गर्‍यौँ भने रक्सीको मूल्य ५० बनाउने छौँ ।’

उनले सरकारमाथि विषाक्त रक्सी बनाएको आरोप पनि लगाए । उनले भने, ‘राज्य सरकार तपाईंहरुको रगत चुसिरहेको छ । हरेक महिना एक व्यक्तिले १२ हजार रुपैयाँसम्म रक्सीमा खर्च गर्छ । सरकारले यो पैसा लिएर कल्याणकारी योजनाको आडमा फिर्ता दिइरहेको छ ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।