मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अस्ट्रेलियामा कुकुरले पनि पायो गिनिज विश्व रेकर्ड

Himali Patrika 1 मिनेट पढाइ

यसअघि अर्को कुकुरको नाममा रहेको यस्तो उपाधि एक शताब्दीपछि राफेरो डो आलेन्टेजो जातको बोबी नाम गरेको कुकुरले तोडेको हो।यस्तो जातका कुकुरहरूको औसत आयु १२ देखि १४ वर्षसम्म रहने गर्दछ।

यसअघि २९ वर्ष पाँच महिना बाँचेको स्ट्रेलियाअको ब्लोई ले सबैभन्दा धेरै बाँच्ने कुकुरको उपाधि पाएको थियो। यो कुकुर सन् १९३९ मा मर्‍यो। बोबी फेब्रुअरी १ सम्म ३० वर्ष २२६ दिनको भएको छ। यो उमेरसम्म पनि कुकुर ठिकै अवस्थामा रहेको बताइएको छ।

यसको उमेर पोर्चुगल सरकारको घरपालुवा तथ्याङ्कबाट प्रमाणित भएको हो। गिनिज वर्ल्ड रेकर्डस्‌का अनुसार यस्तो तथ्याङ्क त्यहाँको पशु चिकित्सकहरूको राष्ट्रिय संस्थाले व्यवस्थापन गर्ने गरेको छ।

बोबीका अहिलेका मालिक लियोनेल कोस्टा यो कुकुर जन्मिँदा आठ वर्षका थिए। उनका अनुसार उनका बाबुआमासँग धेरै जनावर भएका कारण छाउराहरूलाई घरमा ल्याउँदैन थिए।

तर बोबी छलिएर आयो। लियोनेल दाजुभाइले घरमा कुकुर आएको कुरा बुबा आमासँग लुकाए। तर पछि कुकुर घरमा भएको थाहा भयो र परिवारको सदस्य भयो। उनीहरूले आफूले खाने कुरा कुकुरलाई पनि दिन थाले।

“जनावरको खाना, मासुको टुक्रा देखि हामीले खाने खानेकुरा जे दिए पनि बोबीले खान्थ्यो,” कोस्टाले भने। उनका अनुसार यो कुकुरले मसला पखाल्न खानेकुरा पानीमा डुबाउँछ।

सन् २०१८ मा यो कुकुरलाई सास फेर्न अप्ठ्यारो भए पनि अस्पताल लगिएको थियो। तर कोस्टाका अनुसार त्यस बाहेक बोबीले समस्या मुक्त जीवन जिउँदै आएको छ। उनी शान्त वातावरणमा बस्न पाएका कारण कुकुर धेरै बाँचेको ठान्छन्।यो कुकुर धेरै बाँच्नुमा उसको आनुवंशिक गुण पनि हुनसक्ने उनको अनुमान छ। उसकी आमा १८ वर्षसम्म बाँचेकी थिई।अहिले भने बोबीलाई हिँडडुल गर्न समस्या छ र उसको आँखा पनि कमजोर हुँदै गएको छ।

कोस्टाका अनुसार बोबी उनीहरूको परिवारमा रहेका जनावरहरूमध्ये सबैभन्दा अघिल्लो पुस्ताको हो। यो कुकुर एकदमै दयालु रहेको कोस्टा परिवार बताउँछ।दुई हप्ता अघि मात्रै एउटा २३ वर्षको कुकुरलाई सबैभन्दा बुढो जीवित कुकुरको मान्यता दिएको गिनिज वर्ल्ड रेकर्डस्‌ले बोबीलाई उक्त उपाधि दिएको हो।

गिनिजले आफ्नो अभिलेख अद्यावधिक गर्दै बोबीलाई सबैभन्दा बुढो जीवित कुकुर र सबैभन्दा धेरै वर्ष बाँच्ने कुकुर दुवै उपाधि दिएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।