मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 20 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पल शाहको मुद्दामा अदालतले दिए यस्तो निर्देशन

Himali Patrika 1 मिनेट पढाइ

पोखरा । उच्च अदालत पोखराले बाल यौन दुरुपयोगको अभियोगमा पूर्वी नवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश गरेको छ ।

मंगलबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले झगडिया झिकाउने आदेश दिएको सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

अभिनेता पल शाहविरुद्ध नाबालिगललाई जबर्जस्ती करणीको मुद्दामा पूर्वी नवलपरासी जिल्ला अदालतले बाल यौन दुरुपयोग ठहर गर्दै साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसला विरुद्ध शाह र जिल्ला सरकारी वकिलको कार्यालयले पोखरामा पुनरावेदन गरेका थिए । ‘प्रत्यर्थी झिकाउने भनेको मुद्दामा एक पक्षले गरेको पुनरावेदनको जानकारी अर्कोलाई पठाउने हो,’ उप-रजिस्ट्रार आचार्यले भने ।

शाहविरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा परेको थियो । तनहुँ अदालतको फैसला भनेको आइसकेको छैन । उनी तनहुँ कारागारमा थुनामा छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।