ओमिक्रोनले तीब्र रुपमा डेल्टाको स्थान लिइरहेको छ तर, वैज्ञानिक भन्छन् डराउनु पर्दैन

ओमिक्रोनले तीब्र रुपमा डेल्टाको स्थान लिइरहेको छ तर, वैज्ञानिक भन्छन् डराउनु पर्दैन

काठमाडौं। विश्वमा अहिले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको प्रसार दर बढेको छ । तर, यो प्रसारसँगै एउटा उल्लेखनीय कुरा के देखिएको छ भने ओमिक्रोनको संक्रमण दर जसरी बढिरहेको छ त्यसैगरी बिरामीको मृत्युदर भने घटिरहेको छ । जुन देशहरुमा कूल केसको ८० प्रतिशतभन्दा धेरै केस ओमिक्रोनका छन् त्यहाँ दैनिक हुने मृत्यु दर घट्दै गएको छ । अमेरिका र बेलायत यसका प्रमुख उदाहरण हुन् ।

सोमबार विश्वमै अहिलेसम्मको सर्वाधिक १४ लाख ४९ हजार केस भेटिए । यो दिन विश्वभरीमा ६ हजार ४३३ मृत्यु भए । २ महिना पहिले विश्वभरी दैनिक नयाँ संक्रमणका केस औसतमा ७ लाख हुँदा दैनिक मृत्युको औसत संख्या ७ हजार ३१७ थियो । अर्थात २ महिनाअघि भन्दा सोमबार झण्डै दोब्बर संक्रमित थपिए तर मृत्यु हुनेको संख्या भने घट्यो । २ महिनामा दैनिक संक्रमणको संख्या १०६ प्रतिशतले बढ्दो तर मृत्युदर १२ प्रतिशतले घट्यो ।

अहिलेसम्म ओमिक्रेन विश्वका ११९ देशमा पुगिसकेको छ तर यसबाट मृत्यु भने केवल ४ देशमा मात्र भएको छ । अन्य ११५ देशमा ओमिक्रोनबाट कुनै मृृत्यु भएको छैन । ओमिक्रोनको फैलिने दर डेल्टा भेरिएन्टको भन्दा ५ देखि ७ गुणा तीब्र छ । विशेषज्ञका अनुसार आगामी ३ देखि ४ हप्तामा ओमिक्रोनले विश्वभरीमा डेल्टाको स्थान लिनेछ । अहिलेसम्मको ट्रेण्डले ओमिक्रोन संक्रमण तीब्र रुपमा फैलिएका क्षेत्रमा दैनिक मृत्युदरमा तीब्र रुपमा गिरावट आइरहेको छ । विशेषज्ञहरुलाई ओमिक्रोन फैलिएसँगै महामारीको गम्भीरताको अन्त्य हुँदैछ भन्ने विश्वस हुन थालेको छ ।

Europass CV in Nepal

अहिलेसम्म ओमिक्रोन विश्वका ११९ देशमा पुगिसकेको छ तर ११५ देशमा ओमिक्रोनबाट कुनै मृत्यु भएको छैन । पछिल्लो तथ्यांकअनुसार विश्वभरी २ लाख ८९ हजार ओमिक्रोनका आधिकारिक केस छन् । विशेषज्ञका अनुसार यी केस सिक्वेन्सिङपनि पुष्टि भएका केस मात्र हुन् । केवल ५ प्रतिशत केसहरुको सिक्वेन्सिङ भइरहेकोले वास्तविक ओमिक्रोनका केस अहिले पुष्टि भएका भन्दा २० गुणा बढी हुन सक्ने विशेषज्ञहरु मान्छन् ।

अमेरिकामा दैनिक भेटिने संक्रमित २ गुणा बढी भइसकेका छन् तर अस्पतालमा भर्ना हुनेहरुको संख्या लगातार घटिरहेको छ । अमेरिकामा १ करोड १८ लाख सक्रिय संक्रमित छन् । यीमध्ये केवल ६३ हजार अस्पतालमा छन् । २ महिना पहिले अमेरिकामा ६५ लाख सक्रिय संक्रमित थिए । त्यतिबेला ७८ हजार बिरामी अस्पतालमा थिए । अर्थात अहिले संक्रमित भए पनि अस्पताल जानुपर्ने अवस्था हुँदैन । अरु देशमा पनि यही ट्रेण्ड देखिएको छ ।

ब्रिटिस मेडिकल काउन्सिलका पूर्व वैज्ञानिक डा. राम एस उपाध्यायले ओमिक्रोन तीब्र रुपमा फैलिए पनि यससँग नडराउन भन्छन् । उनका अनुसार ओमिक्रोनबाट महामारीको अन्त्य हुने निश्चित छ । उनका अनुसार डेल्टा भेरिएन्टले फोक्सोमा गएर संक्रमण फैलाउँथ्यो भने ओमिक्रोनले श्वासनलीमै रोकिएर आफ्नो संख्या बढाउँछ । यसले गर्दा मानिसको फोक्सो बच्छ । अर्को महत्वपूर्ण कुरा ओमिक्रोन फोक्सोमा गएमा डेल्टाको तुलनामा १० गुणा ढिलो फैलिन्छ त्यसैले बिरामीलाई अक्सिजन सपोर्ट चाहिन्न ।

डा. उपाध्यायका अनुसार हाम्रो श्वास नलीमा म्युकोसल इम्युन सिस्टम हुन्छ जो हाम्रो प्रतिरक्षा प्रणालीको केन्द्र हो । यहाँ एउटा एन्टिबडी बन्छ जसलाई ‘इम्युनोग्लोबुलिन आइजीए’ भनिन्छ । ओमिक्रेनले यहीँ आफ्नो संख्या बढाउने भएकोले मानव शरीरको एन्टिबडी तत्काल सक्रिय हुन्छ जसका कारण बिरामी छिटो निको हुन्छन् । सरल भाषामा भन्दा महामारीले गम्भीर रुप लिने सुरु गर्न लाग्दा नै एन्टिबडीले यसलाई मार्न सुरु गरिसक्छ ।

डा. उपाध्यायले यदि कसैलाई पहिलेदेखि नै गम्भीर रोग भएमा भने समस्या हुन सक्ने बताउँछन् । उनका अनुसार ओमिक्रोनले तीब्र रुपमा डेल्टाको स्थान लिइरहेको छ र संक्रमित पनि तीब्र रुपमा बढिरहेका छन् तर यसबाट डराउनु पर्दैन किनकि जति मानिसहरुमा ओमिक्रोन फैलिन्छ उनीहरुले प्राकृतिक प्रतिरोध क्षमता पाउनेछन् । डा. उपाध्यायले भने ‘संक्रमणबाट प्राप्त प्रतिरक्षा शक्ति खोपबाट प्राप्त प्रतिरोध भन्दा लामो समय टिक्छ । त्यसैले यो तीब्र रुपमा फैलिनु खतरा होइन बरु वैज्ञानिक दृष्टिले एक उपहार हो । यसैबाट महामारीको अन्त्य हुनेछ ।’

Europass CV in Nepal