मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रास्वपाका संसद मनिष झा भन्छन्, अब निर्मम समीक्षाका साथ अघि बढ्छौं

Himali Patrika 1 मिनेट पढाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन्।उनले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरी निकै तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेको बताए।

‘पार्टी जहाँ छ, हामी जे अवस्थामा छौँ, त्योप्रति सबैको स्वीकारोक्ति छ, सबैले स्वामित्व लिएका छौं। हामी सबै ठीक ठाउँमै छौँ,’ उनले भने।पार्टी सभापति रवि लामिछानेले समसामयिक विषयमा दिएको अभिव्यक्तिप्रति सबै सदस्यको ऐक्यवद्धता र पूर्ण समर्थन रहेको उनले बताए।

राजनीति, निजी क्षेत्र, नागरिक समाजले जस्तै मिडियाबाट पनि आफ्नो जिम्मेवारी र भूमिकाको आत्मसमीक्षा जरुरी भएको दलको धारणा रहेको उनले बताए। मिडियाले राष्ट्रियता, सार्वभौम, सुरक्षा, संविधानपालना गराउने जस्ता विषयमा अन्तरनिहित स्वार्थ स्वभाविक भए पनि कुनै व्यक्ति र दल विशेषलाई निशाना बनाउन खोज्नुहुन्न भन्ने रास्वपाको मत रहेको उनले बताए।

‘सात महिनाको अवधिमा जुन क्षमता, दक्षता, रणनीति लिएर राष्ट्रिय दलको भूमिकामा पुगिएको छ, अबको गन्तव्य भनेको बाचापत्रमा लेखिएका विषय सङ्गठनलाई बलियो बनाएर कार्यन्वयनमा लगिनेछ,’ उनले भने।

युवा पुस्ताले राजनीतिक दललाई कसरी सञ्चालन गर्न सक्छन् भनी उदाहरण प्रस्तुत गर्ने अठोट व्यक्त गर्दै उनले भने, ‘पछिल्लो पत्रकार सम्मेलन अर्काे कार्यदिशामा हिँड्नका लागि टर्निङ प्वाइन्ट हो।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।