मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आफ्नै श्रीमानलाई पक्राउ गर्न प्रहरीमा उजुरी दिइन राखी सावन्त

Himali Patrika 1 मिनेट पढाइ

भारतीय अभिनेत्री राखी सावन्तले आदिल खानविरूद्ध प्रहरीमा उजुरी दिएकी छन्। उजुरी दिएपछि प्रहरीले आदिललाई नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

राखीले आदिललाई आफ्ना गरगहना र पैसा लगेको आरोप लगाएकी छन्।सोमबार मात्र राखीले आदिलसँगको आफ्नो वैवाहिक सम्बन्ध तोडिएको बताएकी थिइन्। सम्बन्ध टुटेको जानकारी दिँदै उनले आदिलविरूद्ध थुप्रै आरोपहरू लगाएकी थिइन्।

उनले केही समयअघि प्रेमी आदिलसँग विवाह गरेकी हुन्। सामाजिक सञ्जालमा विवाहको तस्बिर र भिडिओ बाहिरिँदा समेत आदिलले राखी आफ्नो श्रीमती भएको अस्वीकार गरेका थिए। आदिलले आफूलाई अस्वीकार गरेपछि राखी रुँदै मिडियासामु आएकी थिइन्। राखी रोएको देखेपछि बलिउड अभिनेता सलमान खानले आदिलसँग फोनमा कुराकानी गरेका थिए।

सलमानसँग कुराकानी गरेपछि आदिलले उनीहरूको विवाह स्वीकार गरेका थिए। केही दिनअघि राखीको आमाको निधन भयो।आमाको मृत्युले भावविह्वल बनेकी राखीले आफ्नो वैवाहिक जीवन नराम्रो चलिरहेको बताएकी थिइन्। उनी आफैंले सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै उक्त जानकारी दिएकी हुन्।

उनले आदिलको अर्कै महिलासँग सम्बन्ध रहेको आरोप पनि लाएकी थिइन्।‘मिडियामार्फत आदिलकी प्रेमिकालाई चेतावनी दिन्छु। मेरो र आदिलको बीचमा आयौ भने नाम सार्वजनिक गरिदिन्छु। एक महिला अर्का महिलाको घर तोड्दै छौ। आदिल म अन्य महिलाको जस्तो चुप लागेर बस्दिनँ। यदि फर्किएर आउँछौ भने म केही भन्दिनँ,’ उनले भनिन्।

राखी र आदिलको कुरा यसपछि पनि मिलेन।राखीले अहिले आएर उनकी प्रेमिकाको नाम पनि सार्वजनिक गर्दै भनेकी छन्, ‘आदिलले ऊसँगै बस्ने निर्णय गर्‍यो। उसले हिजो मात्र मलाई म तँलाईं छाडेर ऊसँग बस्न जान्छु भनेको हो।’

यसपछि राखीले आदिलले आफ्ना गरगहना र पैसा लगेको आरोप लगाएकी हुन्। उनले आफ्नी आमाको मृत्युमा पनि आदिल जिम्मेवार रहेको बताइन्।’मेरी आमालाई बेलैमा औषधि-उपचार गर्न पाएको भए जिउँदै हुनुहुन्थ्यो होला,’ उनले आदिललाई इंगित गर्दै भनेकी छन्, ‘तर उसले मेरो सबै सम्पत्ति लग्यो र सडकमा ल्याइपुर्‍यायो। मेरी आमाको मृत्युको जिम्मेदार हो ऊ।’

राखीले आफ्नी आमाको समेत पैसा लिएर आदिल गएको बताएकी छन्। राखीले यसअघि रितेश पाण्डेसँग विवाह गरेकी थिइन्। राखी र रितेश ‘बिग बोस १५’ मा एकसाथ देखिएका थिए। शोबाट बाहिर आएको केही समयपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।