भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु

भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु

टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको विनासकारी भूकम्पमा परी मृत्यु भएको छ।सोमबार बिहान आएको शक्तिशाली भूकम्पमा परी तुर्कासलानको ज्यान गएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ।

‘हाम्रा गोलकिपर अहमेट इयुप तुर्कासलानले भूकम्पमा परी ज्यान गुमाएका छन्। उनको चिरशान्तिको कामना’, क्लबले भनेको छ, ‘हामी तपाईंलाई कहिल्यै बिर्सने छैनौं।’२८ वर्षीय तुर्कास्लान २०२१ मा क्लबमा आवद्ध भएका थिए।

बगसास्पोर, ओस्मानलिस्पोर, उमरानीएस्पोर र येनी मालत्यास्पोर गरी तुर्कास्लानले आफ्नो सम्पूर्ण करियर टर्की क्लबहरूमा बिताएका छन्। भग्नावशेषबाट जोगिएकी उनकी श्रीमती कुब्रा तुर्कासलान बाँचेकी छन्। भुकम्पमा परी हालसम्म सिरिया र टर्कीमा गरेर करिब ८ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन्।

Europass CV in Nepal

भूकम्पको भग्नावशेषमा जन्मिएकी शिशुको ३० घण्टापछि जीवितै उद्धार
सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । न्यूयोर्क टाइम्सका अनुसार उत्तरी सिरियामा एउटा घरको भग्नावशेषबाट एक नवजात शिशुलाई जिउँदै निकालिएको हो ।

सोमबार गएको भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको र उनको अवस्था नाजुक रहेको बीबीसीले लेखेको छ । नवजात शिशुका बुवा, चार दाजुभाइ र एक काकीले भूकम्पमा ज्यान गुमाएका छन् । शिशुलाई भग्नावशेषबाट निकालिएको कारूणिक दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

३४ वर्षीय खलील अल शमीले न्यूयोर्क टाइम्सलाई सिरियाको जिन्दायरिस सहरमा सोमबार आएको भूकम्पले आफ्नो भाइको घर ध्वस्त भएको बताए। पूरै भवन भग्नावशेषमा परिणत भएको छ ।

उनी आफ्नो भाइ र परिवारका अन्य सदस्यहरू खोज्न भग्नावशेष खन्ने क्रममा थिए। यसैबीच उनले आफ्नी भाउजुको नाभीसँग जोडिएको सुन्दर बालिका देखे । त्यसपछि उनीहरूले तुरुन्तै नाभी काटे । बच्ची रुन थालिन्, उनलाई बाहिर निकाले ।

भग्नावशेष पूरै हटाउँदा बालिकाकी आमा मृत अवस्थामा फेला परेकी थिइन् ।खलीलका अनुसार उनकी भाउजु गर्भवती थिइन् र एक–दुई दिनपछि बच्चा जन्माउने मिति थियो । भूकम्पपछिको झट्काका कारण भग्नावशेषमै बच्चा जन्माएकी हुन् । करिब ३० घण्टापछि बालिकालाई सकुशल बाहिर निकालियो ।

समाचार संस्था एएफपीका अनुसार अहिले ती शिशुको अवस्था स्थिर रहेको छ । शरीरमा चोटका निशानहरू छन् । अत्यधिक चिसोका कारण उनलाई हाइपोथर्मिया पनि भएको छ ।