मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नयाँ प्रविधि बुझेका मान्छे राज्यको संरचनामा हुनुपर्छ : डा. सीके राउत

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राज्यको संरचनामा नयाँ प्रविधि बुझेको मान्छे हुनुपर्ने बताएका छन् ।काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहँुच भएमा देशमा प्रविधिको विस्तार गर्न सहज हुने बताएका हुन् ।

‘सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिँदाखेरि हाँस्यास्पद स्थितिहरु पनि हामीले देख्ने गरेका छौं । त्यो भएर सकेसम्म राजनीतिक ठाउँमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भयो भने प्रविधिको विस्तार गर्न सहज हुन्छ’ उनले भने ।

राज्यले कुनै पनि प्रविधिको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्ने पनि बताए । प्रविधिको प्रयोग गर्दा राज्यले डेटा सर्भर कहाँ राख्ने ? सुरक्षा नीति के हुने ? लगायतको विषयमा विशेष रुपमा ध्यान पुर्‍याउनुपर्ने डा. राउतले बताए ।

‘राज्य संयन्त्रले कुनैपनि प्रविधि एडप्ट गर्दाखेरि धेरैकुरा सोच्नुपर्ने हुन्छ । जस्तो कि डेटा सर्भर कहाँ छ ? त्यसमा सुरक्षा नीति के खालको हुनेछ ? सुरक्षा प्रत्याभुति दिनसक्छौँ कि सक्दैनौँ ? र सबैकुरा फेलरको ब्याकअप कस्तो छ ? पूर्ण रुपमा फेलर भयो भने अनि के गर्ने ? धेरै कुरा सोचेर मात्रै कदम चाल्नुपर्ने हुन्छ’ डा. राउतले भने ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।